साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माथिको आदेश

पहिरोले असी घरधुरी र चार सय जति मान्छे बस्ने सि‌ङ्गै गाउँलाई बगाएर खोलामा पुऱ्यायो। त्यही हप्ता माथिको आदेश आइपुग्यो। तर त्यहाँ गाउँ हैन बगर थियो ।

Nepal Telecom ad

आर.आर. चौलागाईं :

भूकम्पले गाउँ हल्लायो । घरहरू क्षत विक्षत मए। खेतबारीहरू चिराचिरा भए। थुप्रै मान्छे मरे। हाहाकार भयो । राजधानीबाट भूगर्भविद्हरू आए। केन्द्रदेखि तलसम्मका ठालुहरूको ओइरो लाग्यो । नेताहरूले जनतालाई आश्वासन बाँडे । उद्धार गर्ने कसम खाए। विज्ञहरूले गाउँलेलाई त्यो ठाउँमा नबस्नू भने । त्यहाँ खतरा छ, अन्तै सर्नू भने । उनीहरूले गाउँलाई अन्तै सार्न स्थानीय सरकारलाई सिफारिस गरे। यति भएपछि
गाउँलेहरू पनि ढुक्क भएर बसे ।

त्यो सालको वर्षा सुरु भयो। पूरै गाउँ त्रसित भयो । आश्वासन र सिफारिस अनुसार कुनै काम भएन । गाउँमा कोही आएनन् । डर बढ्यो । गाउँलेहरू जम्मा भए। विचार विमर्श गरे । छलफल गरे। स्थानीय सरकारलाई भेटेर घच्घच्याउने निर्णय गरे । सोअनुसार उनीहरूले स्थानीय सरकारलाई भेटे । स्थानीय सरकार प्रमुखले भने- “हामीले तपाईंहरूको समस्यालाई त्यतिबेलै माथि पठाएका थियौँ। योभन्दा बढी हामी केही गर्न सक्तैनौँ। माथिको आदेश पर्खेका छौं। एक वर्ष बित्यो। अहिलेसम्म आएको छैन । आदेश आउनेबित्तिकै
तपाईंहरूको काम हुन्छ ।”

गाउँलेहरू निराश भएर फर्के। अहँ । स्थानीय सरकारलाई माथिको आदेश आएन । गाउँलेहरूको आशा निराशामा परिणत भयो। गाउँलेहरू पुनः जम्मा भए । यसपालि उनीहरू प्रदेश सरकारकहाँ पुगे। त्यहाँ पनि त्यस्तै भनियो । माथिको आदेश पर्खिंदापर्खिंदै पाँच वर्ष बित्यो। त्यो आदेश भन्ने चिज आउँदै आएन ।

कुनै रात। मुसलधारे पानी पर्यो। गाउँलेहरू निद्रामा थिए। गाउँमाथि पहिरो खस्यो । उनीहरूले “ऐया ।” पनि भन्न पाएनन् । पहिरोले असी घरधुरी र चार सय जति मान्छे बस्ने सि‌ङ्गै गाउँलाई बगाएर खोलामा पुऱ्यायो। त्यही हप्ता माथिको आदेश आइपुग्यो। तर त्यहाँ गाउँ हैन बगर थियो ।

०००
हेटौंडा-४, अभिकुञ्ज, मित्रनगर, मकवानपुर
मधुपर्क (२०७७ असोज/कातिक)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
तर्सिङहोम (४)

तर्सिङहोम (४)

कृष्ण प्रधान
दवाई सुन्दरी, जुत्ता र ज्योतिषी

दवाई सुन्दरी, जुत्ता र...

डा. नवराज खतिवडा
टेढो बोलीको रोचक कृति ‘टोलटोलमा राजा’

टेढो बोलीको रोचक कृति...

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x