साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यमराजको फैसला

धेरै सोचविचारपछि यमराजले यस्तो फैसला सुनाए-‘नेतालाई मर्त्यलोक नपठाउनू । यसले जनतालाई झूटो आश्वासन बाँडेको रहेछ । व्यापारीलाई पनि नपठाउनू ।

Nepal Telecom ad

आर. आर. चौलागाईं :

एक पटक एकजना नेता, एकजना व्यापारी र एकजना कविको सडक दुर्घटनामा मृत्यु भयो । दूतहरूले उनीहरूलाई यमलोक पुर्याए । यमराजले पालैपालो सोधे-
‘तिम्रो परिचय ?’
‘प्रभु, म नेता ।’
‘म व्यापारी ।’
‘म कवि ।’

यमराजले फेरि सोधे-
‘तिमीहरूको मृत्यु अकालमा भएको रहेछ । यहीँ बस्छौ कि फेरि मर्त्यलोक जान चाहन्छौ ?’
नेता-‘प्रभु ! म जान्छु । मेरो कार्यकाल सिद्धिएकै छैन ।’
व्यापारी-‘म पनि जान्छु प्रभु, मेरो कारोबार चौपट हुन्छ ।’
कवि-‘प्रभु ! म यहीँ बस्छु । जान्नँ । मर्त्यलोकमा मैले साह्रै दुःख पाएँ । म मुक्ति चाहन्छु प्रभु !’

धेरै सोचविचारपछि यमराजले यस्तो फैसला सुनाए-‘नेतालाई मर्त्यलोक नपठाउनू । यसले जनतालाई झूटो आश्वासन बाँडेको रहेछ । व्यापारीलाई पनि नपठाउनू । यसले पनि जनतालाई ठगेको रहेछ । यो कविलाईचाहिँ यहाँ कदापि नराख्नू । उहीँ पठाउनू । यसले आफू दुःख पाएर भए पनि अरूको सेवा गरेको रहेछ । मर्त्यलोक साह्रै बदनाम भैसकेको छ । त्यहाँ यस्तै मान्छेको खाँचो छ ।’

०००
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
0
Would love your thoughts, please comment.x
()
x