आर.आर. चौलागाईंहत्यारो सरकार मुर्दावाद !
एउटा मान्छे बाथरुममा चिप्लेर मर्यो कसले मार्यो ? राज्यले मार्यो हत्यारो सरकार मुर्दावाद !

आर. आर. चौलागाईं :
एउटा मान्छे खोलाले बगाएर मर्यो
कसले मार्यो ?
राज्यले मार्यो
हत्यारो सरकार मुर्दावाद !
एउटा मान्छे पोखरीमा डुबेर मर्यो
कसले मार्यो ?
राज्यले मार्यो
हत्यारो सरकार मुर्दावाद !
एउटा मान्छे भीरबाट खसेर मर्यो
कसले मार्यो ?
राज्यले मार्यो
हत्यारो सरकार मुर्दावाद !
एउटा मान्छे आगलागीमा परेर मर्यो
कसले मार्यो ?
राज्यले मार्यो
हत्यारो सरकार मुर्दावाद !
एउटा मान्छे सर्पले टोकेर मर्यो
कसले मार्यो ?
राज्यले मार्यो
हत्यारो सरकार मुर्दावाद !
एउटा मान्छे ढुङ्गामा ठेस लागेर मर्यो
कसले मार्यो ?
राज्यले मार्यो
हत्यारो सरकार मुर्दावाद !
एउटा मान्छे बाथरुममा चिप्लेर मर्यो
कसले मार्यो ?
राज्यले मार्यो
हत्यारो सरकार मुर्दावाद !
०००
२०८३ असार २७
हेटाैडा, मकवानपुर
Subscribe
Login
0 Comments
Oldest







































