साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविताको रङ

त्यहि दिनदेखि मैले थाहा पाएँ कविता जुन भाँडोमा राख्यो त्यस्तै हुँदो रहेछ कविता पानी जस्तै हुँदो रहेछ कविताको रङ नहुँदो रहेछ ।

Nepal Telecom ad

आर. आर. चौलागाईं :

कसैले कवितालाई
नीलो भाँडोमा राख्यो
र कविता नीलो हुन्छ भन्यो
कसैले कवितालाई
रातो भाँडोमा राख्यो
र कविता रातो हुन्छ भन्यो
कसैले कवितालाई
हरियो भाँडोमा राख्यो
र कविता हरियो हुन्छ भन्यो
कसैले कवितालाई
पहेँलो भाँडोमा राख्यो
र कविता पहेँलो हुन्छ भन्यो ।

यसै गरी क्रमशः
सबै जनाले कवितालाई
सेतो, कालो, खैरो इत्यादि भन्दै गए
र पाखुरा सुर्किन थाले
हुँदाहुँदा टाउको फोराफोर गर्न थाले ।

एकदिन मैले कवितालाई
खोलामा खेलिरहेको देखेँ
कविता नीलो पनि थिएन
कविता रातो पनि थिएन
कविता हरियो पनि थिएन
कविता पहेँलो पनि थिएन
र कविता सेतो, कालो, खैरो इत्यादि पनि थिएन ।

कविता थियो त खोला जस्तै थियो
खोलाको पानी जस्तै थियो
त्यहि दिनदेखि मैले थाहा पाएँ
कविता जुन भाँडोमा राख्यो त्यस्तै हुँदो रहेछ
कविता पानी जस्तै हुँदो रहेछ
कविताको रङ नहुँदो रहेछ ।

०००
हेटौँडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x