साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले देखेको नयाँ नेपालको सपना

देश एउटा नयाँ युगमा प्रवेश गर्ने छ अनि नेपालले विश्वभरि नाम कमाउने छ म अहिले नयाँ नेपालको सपना देखिरहेको छु ।

Nepal Telecom ad

आर. आर. चौलागाईं :

मतदानबाट होस् अथवा बन्दूकबाट होस्
मेरो देशले एउटा क्रान्ति पर्खेको छ
जेबाट भए पनि अब हुने क्रान्ति भयावह हुने छ ।
क्रान्तिपछि पार्टीका नेताहरू सत्तामा होइन
जेलमा बसेर सजाय भोगिरहेका हुन्छन्
कार्यकर्ताहरू नेताका वरिपरि होइन
श्रम शिविरमा श्रम गरिरहेका हुन्छन्
बेरोजगार युवाहरू चुनावी मासुभातमा होइन
कामका लागि विभिन्न ठाउँमा फाराम भरिरहेका हुन्छन्
छानामा पार्टीको होइन
देशको झन्डा फरफराइरहेको हुन्छ
विदेशिएका दाजुभाइ तथा दिदीबहिनीहरू
स्वदेश फर्किरहेका हुन्छन्
हाम्रो गुमेको भूभाग फिर्ता हुन्छ
सिमानामा पर्खाल लाग्छ
जात र धर्मको झगडा बन्द हुन्छ
असमान सन्धिहरू खारेज हुन्छन्
हामीलाई कसैले पनि हेप्न सक्तैनन्
हामी भीख माग्नबाट मुक्त हुन्छौँ
नेपालीहरूको शीर ठाडो हुन्छ
हामी चीन, भारत, अमेरिका, जापान, मलेसिया
र सिङ्गापुरभन्दा कम हुने छैनौँ ।
बन्द भएका उद्योगधन्दाहरू खुल्ने छन्
अरू पनि नयाँ खुल्ने छन्
बाँझा बारी र खेतमा अन्नबाली लहलहाउने छन्
स्कूल र कलेजमा राजनीति होइन
पढाइ हुने छ
ठाउँठाउँमा खानीहरू उत्खनन हुने छन्
देशभरि भ्यु टावर होइन
अस्पताल, बाटाघाटा र पुलहरू बन्ने छन्
सरकारी निकायहरू पार्टीको भर्तीकेन्द्र होइन
विषय विज्ञहरूको छलफल केन्द्र हुने छ
साहित्य, कला र संस्कृतिको सम्मान हुने छ
सबैले पढ्न, लेख्न, खान, लाउन र बस्न पाउँछन्
महङ्गी नियन्त्रण हुन्छ
कमर्चारीहरूले भ्रष्टाचार गर्दैनन्
उपचार नपाई कसैले पनि मर्नु पर्दैन
मजदूरहरूले पसिनाको उचित मूल्य पाउँछन्
किसानहरूले सिँचाइ, बिउ, मल
र उत्पादनको बजार पाउँछन्
सात सालदेखि हुँदै आएको क्रान्तिले पूर्णता पाउने छ
देश एउटा नयाँ युगमा प्रवेश गर्ने छ
अनि नेपालले विश्वभरि नाम कमाउने छ
म अहिले नयाँ नेपालको सपना देखिरहेको छु ।

००० 
२०८२ माघ २४
हेटाैँडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
अन्तिम रहर

अन्तिम रहर

आर.आर. चौलागाईं
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x