साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुन्टाे जाेताइकाे मजा

अग्लाे बाइकबाट पछारिएपछि धेरै बल्ड्याङ खाइराख्नु पर्दैन रहेछ एक बल्ड्याङले नै डाेज पुग्दाे रहेछ ।

Nepal Telecom ad

शेषराज भट्टराई :

दुर्घटना जुनसुकै बेला र जतिखेर पनि आफ्नो भागमा पर्नसक्छ । आफ्नो हक- हिस्सा हर्न सक्छ । हामीले ठूलाठूला दुर्घटनाहरु देखेका , सुनेका र भाेगेका पनि छाैं । यो तितो कलविष र सबैले भाेग्नैपर्ने हुन्छ । यस्तै आफैमाथि बज्रिएका सानातिना दुर्घटनाहरु यहाहरुसमक्ष प्रष्टसँग पस्किने जमर्को गरेकाे छु ।

बिराटनगरमा साइकल सिक्ने रहर लागेर मलाई पनि सिकाइदेउन भनेर मामाका छाेराहरुलाई अनुरोध गरे । उनीहरूले नहरकाे डिलमा लगेर साइकल सिकाउने निधाेगरे । समथर भूभागमा सिकाएनन् । नहरकाे डिल अग्लाे र अप्ठ्यारो थियो । त्यहाबाट लडियाेभने नहरकाे पानीमा चुर्लुम्मै डुबिन्थ्याे । तैपनि सिक्छु भने अनि साइकलकाे घाेडा चढें तर हात,ज्यान र गाेडाले ब्यालेन्स मिलाउन नसक्दा धेरै पटक नहरको पानीमा मुन्टाे जाेते । घाेडा चढ्ने लड्छन् भन्दै चित्त बुझाएँ । लड्दै-पड्दै साइकलमा अब त पारंगत भएँहाेला भनेर साइकल चलाउदै बजार पसें । बजारबाट फर्किनेक्रममा अब म निकै सिपालु भएहाेला भनेर स्पिडले हुइक्याउने हुदा साइकलबाट लडेर मज्जाकाे स्वादिलाे घाइते भएँ र कठै भन्ने काेही पनि नभएको हुनाले मनमनै राेएँ । आशुले मुख धाेएँ ।

मेरा खुट्टाका ओैंलाहरु विपरीत दिशातिर फर्किएका थिए । कान्छी ओैंलातिर । हात पाखुरामा एकपत्र छाला उखेलिएर कतापुगे पत्तै भएन । अर्कातिर फर्किएका ओैंलाहरु क्रमश बटारेर साेझ्याएँ आफैंले । यस्तै हजार हण्डर खपेर साइकलबाट अवकाश लिएर एउटा सस्तो माेटरसाइकल किने अझ बेस्सरी लड्नु पर्छ भनेर पाेखरा पुगेर पचहत्तर हजारमा त्यो पनि किस्ताबन्दीमा । बल्लबल्ल किस्ता तिरेर सके । यसले मलाई २ पटक मात्रै लडायाे । श्रीमती छाेराे र म तीनजना भएर लड्याैं । मेरो खुट्टा र घुँडामा चाेट लाग्याे मात्रै । यश पटक अरु सकुशल रहे । मेरो खुट्टा धेरै समयसम्म सुन्नियाे अनि एउटा कृषक साथीले उहाँको घरमै बाेलाएर बासै बसाएर भैसीकाे गाेबर र अमिलो पकाएर सुन्निएकाे गाेडामा लेपन गरेर कपडाले बाँधेर एकरात राखेकाे चट्टै निकाे भयाे ।

खाेलावारीबाट खाेलापारी स्कुल पुर्याउनु पर्थ्याे छाेराछाेरीलाई करिब एक किमि दूरी पार गर्नुपर्थाे बजारकाे बाटो । छाेराे सानो थियो त्यसलाई अगाडि राखे अनि आफू चालक अनि सानी छाेरी अनि ठूली छाेरी गरेर ४ जना बाइकमा जाँदै थियौँ अचानक भुस्याहा कुकुरले बाटो काट्याे रानीपाैवामा । बाइकले कुकुरलाई ठक्कर दियो । कुकुरले आफ्नो भाषा प्रयोग गरेर ऐयाऐया भन्न थाल्यो । हामीले हाम्रै भाषामा ऐयाऐया भन्याैं । बाइक ढिलपिलढिलपिल धर्मरायाे तर लडाइन । ठूली छाेरी डरले हामफालिछ लडेर तिघ्रा पिडुला दर्फरायछ । छाेरीहरु ३ र पाचमा पढ्दै थिए छाेराे १ मा । लडेको उपलक्षमा त्यो दिनकाे पढाइ बदर गरियो । घर फर्किएर उपचार गरियो । तर घरभन्दा धेरै टाढा स्कुल भर्ना गर्नु ठूलो गल्ती रहेछ भन्ने शिक्षा मिल्याे अनि घरदेखि ५ मिनेटकाे दूरीमा भर्ना गरेर चारैजनालाई मस्तारामकासाथ उतिर्ण गराएँ ।

सानो छँदा पुरानो घरको गार्‍होबाट आफ्नै दाजुभाइले लडाएर मेरो अनुहार पनि सिल्बरकाे डबकाझैं ठाउँठाउँमा कुच्चिएकाे छ । एकपटक काकाकाे छाेरासँग बासकाे चाकाचुली खेल्दै थियौँ । चाकाचुलीकाे बिच्चमा घाेप्टाेपरेर बसेकाे बेलामा घुमाईदिएछ मेरो पुरुषइन्द्रिय च्यापिएर रगताम्य भयो । धेरै घुमाएर झण्डै जरै छिनाइदिएन । रमाएर खेल्दाखेल्दै पनि एकैछिनमा दुर्घटनामा परिन्छ भन्ने अनुमान पनि नहुदै ऐयाआथुले रुवाएरै छाेड्छ ।

एकपटक तिहारकाे बेला थियाे । धेउसी भैलाे खेल्नपाउने खुसिले लिङ्गेपिङमा धेरै झुम्मिरहेका थियौं । म चाहि चकचके खुसीले उफ्रिदै कान्लामुनि हामफाले । बासकाे किलाठाेकेर काटेको छड्केमा देब्रेखुट्टाे पर्याे र देब्रे खुट्टाको पैतालाे गहिराे गरि काट्याे । ऐया आथाे गर्दै तिहार सकियो केकाे धेउसी खेल्नु । दुख पाइस मंगले आफ्नै ढंगले भनेझैं भयो । समय त्यसै गयो ।

हाम्रा पालामा ड्राइभिङ सेन्टरहरु थिएनन् । ठूली छाेरीलाई स्कुटर चलाउन सिपालु बनाएँ र सानी छाेरीलाई पनि सिकाउन थाले । सिकाउने क्रममा ढुंगा तर्का है छाेरी भन्याे अनि कुन ढुंगा तर्काउने ? भनेर मलाई नै प्रश्न गर्थी । अनि घुम्तीमा उताबाट गाडी आएको छ कि छैन भनेर कसरी चालपाउने ? राेकेर गएर हेरेर अनि आएर चलाउने ? जस्ता प्रश्नले हैरान पार्दापार्दै एकपटक घुम्तीमा स्पिड धेरै गरेर बाबू छाेरी नै नराम्रोसँग लडियाे । यश पटक छाेरीकाे हत्केलाकाे एकपत्र छाला गयो । अहिले छाेरी अमेरिकाकाे टेक्सास राज्यमा आफैले कार चलाउछिन् । ठूली छाेरी पनि त्यस्तै सिपालु जस्तो कार पनि हुइक्याउछिन् । तर नेपाल छँदा ब्याचलर सकेकी ठूली छाेरी डिउटीमा जादैगर्दा आफैले चलाएको स्कुटर दुर्घटनामा परेर हातै भाँचियाे । बिजुलीकाे पाेलमा ठाेकियाे । त्यो पाेल अझै पनि सडककाे लगभग बिचभागमा नै छ पाेखरा फूलबारी ब्यारेककाे नजिकै । काेरेानाका बेलाकाे याे दुर्घटनाले मलाई सबभन्दा धेरै चिन्ता , तनाव र करिब ६ लाख रुपियाँ खर्च गरायो । अप्ठ्यारोमा अस्पतालका डाक्टरहरु समेत तनमनकासाथ लुट्न ,धुत्न ,ठग्न आनन्द मान्दारहेछन् भने केही डाक्टरहरु चाहिँ देवता बनेर प्रकट हुदारहेछन् । तिनै देवता बनेर प्रकटहुनेहरुले नै फेरि हात पाखुरालाई जस्ताकाेतस्तै बनाइदिए । धन्यवाद ती देवरुपी डाक्टर गणलाई र तत्काल उद्धार गर्ने अपरिचित महामानवलाई ।

घटनाक्रमकाे अन्तमा इन्जिनियर ठूलो छाेराले गत असाेजकाे २७ गते मंगलबार हिराे कम्पनीको प्रेा म्याकस ( ठूलाठूला चक्का भएको अग्लो बाइक) ल्याउन हाम्रो खलकलाई आदेश दियो र ऊ आफू म्याग्दीको डिउटी धान्न त्यसतर्फ लाग्याे । हामी कान्छाे छाेरालाई लिएर बाइक लिन शाेरुम बाग्लुङ बसपार्कमा पुगिउँ । बाइक हेरियो । पैसा सुनेर लामाे सास पनि फेरियो । छाेराकाे रहर पूरा गरिदिने निधाे गरिउँ । बाइक आफैले लिएर जानू पर्याे भनेर स्टाट गरेर गाेरुमकाे आगनकाे डिल माेडमा पुग्ने बित्तिकै बाइक पल्टियाे । बाइक एकातिर पल्टियाे म चाहिँ खाल्डोतिर पल्टिएँ ।

म नब्बे किलाेकाे मान्छे खाल्डाेभरी भएँ । हेल्मेटले माथिल्लो ओठ काट्याे र रगत पसरमा नअट्ने गरि झर्याे । घुडा र देब्रेहात बजारियाे । छाती ठाेकियाे । दाँत पुरै खस्याेहाेला भनेको धन्न दात सबै सकुसल रहेछन् । नजिकैको मेडिकलमा गएर उपचार गरेर सुन्निएकाे ओठ छाेप्न मास्क लगाएर घर फिर्ता भयौं । लडेकाे बाइक बदर गरेर अर्काे रङ्काे घरमै पुर्यादिन कम्पनीको मान्छेलाई अनुरोध गरे । घरमै पुर्यायाे र भाेलीपल्ट बुधबार बिहान पुजापाठ धजा-पतका धुप- धुवार अविर केशरी नैवेदले बेस्सरी पुजा गरेर बाइकलाई आइन्दा नलडीदिन नब्याउठिन अनुनय-विनय गरेपछि अहिलेसम्म त्यसबाट काेही पनि पछारिएका छैनाैं । अग्लाे बाइकबाट पछारिएपछि धेरै बल्ड्याङ खाइराख्नु पर्दैन रहेछ एक बल्ड्याङले नै डाेज पुग्दाे रहेछ । गुरुङ र गाेरेहरुले हुइक्याउने त्यो असती ठालू बाइकले त बाहुनचरीलाई नटेरुँनटेरुँ पाे गर्छ त । कि बहरदाउन नजानेर पाे हाे कि किन मुन्टाे बटार्छ हँ ?

०००
फूलबारी ११ पाेखरा कास्की
फाेन:- ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अभाव

अभाव

शेषराज भट्टराई
बाटो कसले बिगार्यो ?

बाटो कसले बिगार्यो ?

शेषराज भट्टराई
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
भजन

भजन

शेषराज भट्टराई
भाले

भाले

शेषराज भट्टराई
भ्रष्टाचार प्रधान देश

भ्रष्टाचार प्रधान देश

शेषराज भट्टराई
बोली

बोली

देवीप्रसाद चापागाईं
हामी उल्लूहरु !

हामी उल्लूहरु !

डा. छायादत्त न्यौपाने ‘बगर’
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
0
Would love your thoughts, please comment.x
()
x