डा. छायादत्त न्यौपाने ‘बगर’हामी उल्लूहरु !
आज असल नागरिकले माटोको आवाज सुनी झोपडीको बेथा बुझेर दायित्व निर्वाह गर्ने चुनौतीपूर्ण बेला हो ।
डा.छायादत्त न्यौपाने :
हाम्रो नेपाल बहुभाषा संस्कृति सम्पन्न मुलुक हो । यहाँको प्रकृति, भूगोल, जलसम्पदा, इतिकास अनुपम छ । छिमेकी राष्ट्र भारतको तत्कालीन शासक बेलायती उपनिवेशले नेपालको हिमाली छटा समशीतोष्ण हावापानी देखेर राल काढेको थियो । भीमफेदी, नालापानीजस्ता युद्धपछि फर्केर गएको इतिहास साक्षी छ तर यहाँको जीवन अनुकूल हावापानी र उत्पादनशील उर्वर माटो देखेर सुखद अवसरका लागि लालायित रहिरहेको थियो जुन लालसा आजको भारतले पनि पालिरहेको छ । ठुलो छु भन्ने अहङ्कारमा टेकेर यहाँको प्राकृत सम्पदा हडप्ने दाउ खोजिरहन्छ । मासु व्यापारीले खसी सुमसुम्याएसरि रोटीबेटीको सम्बन्ध बताएर ललाइफकाई नदी, भूगोल तथा वनस्पतिमाथि हस्तक्षेप गरिरहन्छ । नेपाली राजनीतिक पार्टीहरु विदेशी हस्तक्षेप विरुद्ध एक ठाउँ उभिएर राष्ट्र–राष्ट्रियताको पक्षमा प्रतिवाद गर्न नसक्दा विदेशीले आँखा लगाइरहने अवसर पाउँछ । हाम्रा यी परिवार सम्हाल्न नसक्ने पानीआन्द्रे नेताहरु देश चलाउँछौं, मानवीय संवेदनाको कदर गर्छौं भन्दै विचलित बाटो हिँडेर गन्तव्य भेट्ने फरक फरक रङका सपनाहरु बाँडिरहन्छन् । पत्याइरहन्छौंँ हामी उल्लूहरु !
प्रस्ट थाहा हुनुपर्ने हो आमाले दिने सन्देश सदैव सान्दर्भिक रहन्छ । नेपालमा बेलाबखत हुरी आइरह्यो, यसपालि त झन् मडारिएर आयो । कतिका काख रित्तिए कति सपूत सिद्धिए ? सहिदहरुको उत्सर्गले जस पाउन भ्याएको छैन । बिच बिचमा नाचे बिचौलिया । बिचौलिया नाचको भुमरीमा अलमलियो किशोरवयी (जेनजी) पुस्ता ?
गएको भदौ २३ गतेको हुरी देशभरि मडारियो । त्यो किशोरवयीको नवीन चिन्तन लिएर कुदेको झोक्का थियो । यसले मुलुकमा व्याप्त बेथिति बढारेर राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक वातावरण स्वच्छ तुल्याउँछ भन्ने आशातीत भरोसाले जनमन उत्सुक बन्यो तर भोलिपल्ट २४ गते भएको घुसपैठको बिगबिगीले सुझबुझ, विवेक र नैतिकतामा प्रश्नचिन्ह लगाइदियो । हिजोको गन्तव्य बटारेर हिंसासँग जोड्यो । त्यस हिंसाले उग्ररुप लिएर ऐतिहासिक सम्पदा, कानुनी धरोहर, सुरक्षा संयन्त्रजस्ता तथ्य–तथ्याङ्कमा प्रहार गरेर राष्ट्रघात ग¥यो । यो विध्वंस मच्चाउने कसको योजना थियो ? यसले कसको मनसुबा पूरा ग¥यो ? बग्रेल्ती प्रश्न उठे । के यो सबै पूर्वनियोजित थियो ? यस विषयमा किशोरवयीको स्पष्ट धारणा के हो ? कि सञ्जालले निरन्तर जे पठाइरहेको छ त्यै आधिकारिक धारणा हो ? सशङ्कित भो सामान्य जनमानस ।
प्रिय किशोरवयी साथीहरु ! तपाईंहरु कसरी आउनुभो ? यो नयाँ सोच,उत्साह र एकत्व एकाएक कहाँबटा आयो ? यसको बिजविन्दु र पृष्ठभूमि के हो ? कहाँसम्म पुग्छ ? भन्ने विषय जनसाधारणको जानकारीमा आइसकेको छैन । अबको गन्तव्य स्पष्ट भई सबै किशोरवयीको यो गतिशील चेत, उत्साह र जाँगर एउटै लयमा एकै बाटो सँगसँगै हिँड्नु जरुरी देखिन्छ । हाम्रो योजना र प्रयत्नले मुलुकलाई के कस्तो असर पा¥यो, पारिरहेको छ र सुदूरभविष्यसम्म पारिरहने प्रभाव के हो ? यस्तो गम्भीर विषयमा थरीथरी अफवाह पैmलिएको छ । त्रास दिन्छन् यी अफवाहहरु ! कतै सत्य हुन् कि ? हामी कुनै पनि छिमेकी मित्रराष्ट्रहरुको विरोधी र समर्थक दुवै होइनौं । हाम्रो असंलग्न परराष्ट्रनीति अक्षुण्ण छ भन्ने कुरा दृढताका साथ आउनुप¥यो । सञ्जालमा पैmलाइएका अफवाह झुटा हुन्, असत्य हुन्, हामी हाम्रो मातृभूमि कसैको स्वार्थका लागि दुरुपयोग हुन दिँदैनौं भन्ने तर्कसङ्गत प्रतिक्रियाको अपेक्षा छ जनहृदयमा तर किशोरवयी पुस्तामा पनि उही बुढो पुस्ताभैंm पद–प्रतिष्ठाको लोभ छचल्किएको त होइन ? को सरकारमा जाने कुन समूहको मन्त्री, प्रधानमन्त्री बन्ने ? दाउपेच पोखिएको छ भुइँभरि उठाउन नमिल्ने गरी यो यत्तिकै असरल्ल रहनुहुँदैन जतनसाथ उठाइनुपर्छ ।
प्रस्ट र विश्वसनीय प्रतिक्रिया आउनुप¥यो कि किशोरवयी पुस्ता कसैलाई पदमा पु¥याउन होइन, देशमा व्याप्त राजनीतिक बेथिति र विदेशी हस्तक्षेप बढारेर सुशासन कायम गर्ने स्वाधीन शिर उचाल्दै दृढसङ्कल्प बोकेर आएको हो । यो विश्वासमा कतै पानी फेरिने हो कि ! शङ्का निवारण हुनु जरुरी भएको छ । यो किशोरवयी विद्रोह कसैका खेतालाले गरेको होइन । यो त रोजगार विहीन सचेत किशोरवयीको वर्षौंदेखि मडमरिएको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक बेथिति उधिनेर सुशासन कायम गर्ने लक्ष्यअनुरुप आएको हो । यसको उद्देश्य मुलुकमा रहेको उर्वर माटो र जनशक्ति सदुपयोग गरी क्रमशः आत्मनिर्भर बन्नु÷बनाउनु हो । यो विषय विगतमा भैंm बोलीमा सीमित रहनुभएन व्यवहारमा प्रस्ट देखिनुपर्छ । यसो हुन सकेन भने जुन जोगी आए पनि कानै चिरेको, जनताको पीडाबेथा जस्ताको तस्तै भन्ने भनाइले सार्थकता पाइरहनेछ । भरोसा छ पुरानै आश्वासनका बौचाको स्वरुप फेरेर बाँड्न किशोरवयी विद्रोह भएको होइन ।
नेपालको राजनीतिक अस्थिरतामा छिमेकी लाभान्वित हुन्छ । नेपालमा उद्योग खुले जनता रोजगार भए, उत्पादन बढ्यो भने छिमेकीको बजार घट्छ । ऊ बजार घटाउन चाहँदैन । जनता सक्षम भएपछि विदेशी हस्तक्षेप सहँदैनन् । हैकम जमाइरहन पाइँदैन । यहाँको प्राकृतिक स्रोत आफू अनुकूल उपयोग गर्ने मौका गुम्छ । यसर्थ छिमेकी यहाँको राजनीतिमा घुसपैठ गर्छ आन्दोलनको लक्ष्यविपरीत सम्झौता गराई टुङ्ग्याइदिन्छ र दस वर्षको अन्तरालमा फेरि अर्को ध्वंस मचाउन उक्साउँछ । उसले विगतदेखि यस्तै स्वलक्ष्य पूरा गरिरहेको छ । चाल पाएर पनि यताका शासक कानमा तेल हालेर निदाइरहे । यो बिडम्बना बुझेर पनि बुझपचाउने बहुपार्टीले एउटै बलियो विदेशनीति निर्माण नगर्ने रुन्चे मनसुबा र ठिमाहा मस्तिष्क बोकेकाले छिमेकीलाई सजिलो भएको होइन र ? यसपालि पनि त्यसैले निरन्तरता पाउने हो ?
सामाजिक सञ्जाल तस्बरि देखाउँदै भन्छ–भदौ २२ गते विदेशी सेनाको २ तारे जर्नेल र अमुक मेयरको टेटवार्ता दूतावासमा भयो । यो विद्रोह विदेशीले सञ्चालन गरेको संस्थागत योजना र लगानी अनुसार भयो । यो योजना अमुक मेयरको नेतृत्वमा भएको ! २३ गते बानेश्वरमा ढुङ्गामुढा गर्ने व्यक्ति स्वयं गोली पनि चलाउँदै थिए । २४ गते आफ्नै नगरको राष्ट्रिय सम्पदा खरानी हुँदै गर्दा नगरप्रमुख चुप लागेर बसे, आगो निभाउने प्रयत्नसम्म किन गरेनन् ? सुरक्षा निकाय किन मुकदर्शक बन्यो ? एकै दिन एकैपटकमा देशभरि ध्वंस मच्चाउने कामको पूर्वतयारी के थियो, कसरी सम्भव भयो ? कति कैदीहरु जेलबाट भागे/भगाइयो ? तत्कालीन प्रधानमन्त्रीको जिम्मा सुरक्षा निकायले लिन मानेन रे ! सेना प्रमुख र राष्ट्रपति बिच वार्ता भए तर विदेशी हस्तक्षेप तीव्र थियो । धेरैबेरसम्म निकास भेटिएन । यो धमिलोमा कसले कति माछा मार्ने ? उनीहरुबिच होडबाजी । नजिकका छिमेकीभन्दा पर देशका आवरणधारी मित्र बढी सक्रिय देखिए । यिनलाई यस्तो खेल खेल्ने अवसर कसले दियो ? संविधान अनुसार निकास खोज्ने प्रयास असफल बनाउन खोजियो । जोगाउने प्रयत्न भए । यसलाई राजावादीहरुले पनि सुनौली अवसर ठाने तर आँट गरेनन् वा सेनाको साथ पाएनन् ?
को प्रधानमन्त्री बन्ने ? हल्ला चल्यो । कामपाका मेयर बालेन शाहको समर्थनामा पूर्वप्रधान न्यायाधीश सुशील कार्कीको नाम आयो । विद्रोही पक्षको सहमति असहमतिको हल्ला चल्यो । संसद र संविधान नचलाउने सर्त राखियो । हातखुट्टा बाँधेर दिइने पद नलिने प्रतिक्रिया आयो । अर्कोतिर हर्क साङपाङले धरानबाटै प्रधानमन्त्री बन्ने स्वघोषणा गरे । उनलाई समर्थन जुटाउन सम्भव देखिएन । २६ गत सुशीला कार्कीको सपथ ग्रहणपछि पनि समर्थन र विरोधका स्वर गुन्जिरहे । लामो समयको रस्साकसीपछि मन्त्रीमण्डल गठन प्रक्रिया अघिबढ्यो । चुनौती सामना गर्न कतिले आँट गरेनन् भने कतिलाई विदेशीका सर्त मन परेनन् भन्ने हल्ला पनि आयो । जे होस् देशले निकास पाएर निर्वाचनको लक्ष्यमा हिँडिरहेको छ । कार्यकारी राष्ट्रपति वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री जे भए पनि निरङ्कुश बन्न र राष्ट्रघाती निर्णयलाई छेकथुन गर्न सक्ने बलियो प्रणालीको विधिसम्मत शासनपद्धतिमा देश चल्ने वातावरण बन्नुपर्छ । जनपक्षीय राव्यव्यवस्थाका लागि सचेत नागरिक सबै उदार हृदयले इमानदार ठहरिनु आवश्यक छ ।
यो देश अप्ठेरोमा परेको बेला हो । फुटेर होइन जुटेर हिँड्न सिकौं । यतिखेर मस्तिष्कमा चेत, मनमा उत्साह, हातखुट्टामा जाँगर भरेर उठ्नुपर्ने जिम्मेवारी समस्त नेपालीको काँधमा थपिएको छ । आज असल नागरिकले माटोको आवाज सुनी झोपडीको बेथा बुझेर दायित्व निर्वाह गर्ने चुनौतीपूर्ण बेला हो । यै हो नेपाली बाटाको आस्था र झोपडीको आवाज जुन किशोरवयी पुस्ताको आह्वान हुनुपर्छ । मौका आउँछ पर्खंदैन काँध थाप्ने सङ्कटकै घडीमा हो अघिपछि त देश आफैले दिइरहेको हुन्छ, तिमी थापिरहन्छौ ।
०००
पर्वत, हाल – काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































