साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिमी मेरो साथी

म स्वाधीन प्राणी हुँ मलाई छाडिदेऊ मेरो प्रिय जीवन स्वतन्त्र रम्न देऊ अनुनयपछि ऊ केही बेर पर बस्छ म फेरि भन्छु तिमी मेरो साथी आहा कति जाती !

Nepal Telecom ad

डा. छायादत्त न्याैपाने :

मेरो एउटा साथी छ साथी अति जाती छ
आऊ खेलौं भन्छ घरीघरी बाेलाउँछ
म भन्छु- मलाई पढ्नु छ, तिमी बस म पढ्छु
ऊ भन्छ -खेलौं खेलौं रमाऊँ आऊ
देखाउँछ ऊ अनन्त दृश्यहरू
म भन्छु- आँखा दुख्छ हेर्दिनँ
ऊ भन्छ- पिर नगर नजिकै आऊ
म सुमसुम्याउँछु तिमी रमाऊ
म यता हेर्छु ऊ- मलाई हेर भन्छ आफैतिर तान्छ
म उता हेर्छु ऊ -मलाई हेर भन्छ छेउमै राख्न खाेज्छ
म साेझै हेर्छु ऊ -घाेप्टाे पर भन्छ
यताउता जताततै उसकै बाेलबाला छ
मैले मेरै ठानेका साख्खै आफ्ना
शिर,आँखा,औंला, चेत उसकै अधीन पर्छन्
कतै गयो कि सङ्केत अङ्क हाल भन्छ ऊ
म उसकै आदेश मानेर साेधखाेज गर्छु
म भन्छु- डर लाग्यो आमा आउनुभयाे
ऊ भन्छ -इ हेर आमा मैभित्र नाच्दै हुनुहुन्छ
लौ सम्झ धकतिपटक तरकारी डढ्याे दूध उम्ल्याे
म भन्छु- छाड मलाई नगर ती आमाका कुरा
नछाेऊ मलाई ऊ बाबा आउनुभयाे
ऊ भन्छ- इ हेर बाबा मैमाथि घाेप्टिरनुभा छ
म भन्छु -मलाई गुरुले हप्काउनु हुन्छ
ऊ भन्छ- निर्धक्क हाेऊ गुरु मेरै प्रिय मित्र
मैसँग ढुनुमुनु ढुनुमुनु रमाउनुहुन्छ
देखेनौ र परिवार आफन्तसँग भलाकुसारी
संस्कृति र संस्कार मेरै वश परेर हराका
म भन्छु -तिमी यहाँ बस, चुपचाप बस म पढ्छु
ऊ -टिङटाङ टिङटाङ गर्छ, मलाई हेर भन्छ
म उसलाई टेबुलमा थन्क्याउन बल गर्छु
ऊ फेरि कराउँछ टिनटिन गर्छ बाेलाउँछ
म भन्छु -उफ् ! कस्तो हैरान
ऊ – लौ निम्तो आयो हेर हेर भन्छ
म भन्छु -तिम्रो वश पर्दिनँ
तिमी मेराे कुरा मान ,नमाने भाग
मलाई तिमीबाट स्वतन्त्र हुन देऊ
कसैको अधीन हाेइन म स्वच्छन्द हुन देऊ
फकाइफुल्याइ गर्दै नगर तिमी
म स्वाधीन प्राणी हुँ मलाई छाडिदेऊ
मेरो प्रिय जीवन स्वतन्त्र रम्न देऊ
अनुनयपछि ऊ केही बेर पर बस्छ
म फेरि भन्छु
तिमी मेरो साथी आहा कति जाती !

०००
पर्वत, हाल – काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x