साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढेजुधाइ

पिर लिने शिर दिने हामी आफै कस्ता शक्तिशाली जनता नि भयौं कति सस्ता इमान जमान कर्मयाेग नचिन्ने छ बानी फटाहालाई शासन गर्न दिइरहने हामी ?

Nepal Telecom ad

डा. छायादत्त न्याैपाने :

खाइरन्छ एकाेहाेराे खन्चुवा याे साँढे
आफै एक्लै घाँस खान ढुक्रिदिन्छ साँढे
ढलक-ढलक यताउता सिङ उध्याउँदै आछ
दाउपेच मिलाएर देश खाँदै गाछ

क्वाप्पै खायाे सुशासन बाँकी घुसखाेरी
जान्ने सुन्ने मै हुँ भन्छ पाटी पौवा चाेरी
साँढे जुधाइ बाच्छाे मिचाइ देश राइँदलाेमा
आमा साख बेची खाने सत्ता विलासीमा

गर्नु छैन कामधन्दा कमिसनको खेल
ठगी खाने ज्ञानसिप उस्तै जालझेल
छलछाम बुझी गर्ने शरणार्थी स्वाद
गिरीबन्धु ओम्नी साथी बेचेनझा राज

जग्गा जमिन सुकुम्बासी खेलसँगै खेल्ने
अराइसिकाइ झैझगडा खानपिन मिल्ने
आज न हाे सासू मान्ने भाेलि तिम्रै पालाे
आलाेपालाे मिलाइदिने माफियाको जालाे

पिर लिने शिर दिने हामी आफै कस्ता
शक्तिशाली जनता नि भयौं कति सस्ता
इमान जमान कर्मयाेग नचिन्ने छ बानी
फटाहालाई शासन गर्न दिइरहने हामी ?

०००
पर्वत, हाल- काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
कुरा खेतीकाे बाेलबाला

कुरा खेतीकाे बाेलबाला

डा. छायादत्त न्यौपाने ‘बगर’
कहाँ छ मान्छे ?

कहाँ छ मान्छे ?

डा. छायादत्त न्यौपाने ‘बगर’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
झोले

झोले

खोलाघरे साहिँलोे
आउँछु भन्दाभन्दै

आउँछु भन्दाभन्दै

ईश्वर पाेखरेल
भीड प्रेम

भीड प्रेम

नन्दलाल आचार्य
टीचर

टीचर

रमेश खकुरेल
0
Would love your thoughts, please comment.x
()
x