साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सात फाँकी साइनो

जिन्दगी छ सबैको जिउने रहर उस्तै कति छन् जिउँदा खाेज्नु छ । उस्तै छैन संसार मनले व्यस्त छ मान्छे चटारो छ कुराखेतीकाे ।

Nepal Telecom ad

डा. छायादत्त न्याैपाने :

१.
कतै छ मौनव्रत
कतै बढी बकबक
कतै पुरानै गनगन !

२.
यी सम्बन्धका रेखा
कमजोर बने कति ?
भाँचिए ठाउँ ठाउँबाट ।

३.
विराेध प्रिय मान्छे
कति सिपालु विराेधी
विकल्प शून्य छ विराेध ।

४.
जग खाेजौं उभिन
खनौं खेत भात खान
रमाऔ न जीवनसँग ।

५.
अभाव मास्छ बिउ
रबाफ ओकल्छ धुवाँ
जबाफ भाे विवेकहीन ।

६.
जिन्दगी छ सबैको
जिउने रहर उस्तै
कति छन् जिउँदा खाेज्नु छ ।

७.
उस्तै छैन संसार
मनले व्यस्त छ मान्छे
चटारो छ कुराखेतीकाे ।

०००
पर्वत, हाल- काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x