ठाकुरप्रसाद अधिकारीजागिरको जाल कि साहुको चाल !
यो जग्गा किन्न पाउँदैनौ । अलिकता चाख्न त दिन चाहन्थेँ तर के गर्नु मेरा घरको पाल्तु कुुकर डुलाउने डगीपार्क हो यो ।

ठाकुरप्रसाद अधिकारी :
हामी तीनजना साथी थियौँ । २०५८ सालतिर देशमा दरवारहत्यकाण्डसंगै मावोवादी जनयुद्ध झनै बढ्दै थियो । हाम्रो अफिसले आन्दोलनकै बेला भिआरएस हामीहरूलाई आह्वान गरे । अफिसको अपिल थियो । चाउरी परेको गाला अरुको पराधिन भन्दा धिउ खाएर घर बस्नु जाती । हामी पनि भीआरएसप्रति आशा र उत्साही नै थियौँ । खुब रमाएर हामीहरू जनशक्तिको मुख्य प्रशासनमा गोल्डन हाइचेकको लागि तीनैजना सहभागी भएका थियाँै ।
अहिले त जागिरबाट पनि छुट्टि सक्याैँ । अबकाश जागिरको खाता पाता बन्द गरियो । स्वतन्त्र पनि भइयो । अनि हामीले पाएको जागिरको पैसाले शहर र रहरलाग्दो जग्गा किन्न जग्गाको फेरो लाउन थाल्यौँ ।
साथीहरु पैसाको पौल भएका थिए । एक दिन हामीहरू सुन्दर फाँटको नजिक पुग्यौँ । घना बाँसले घेरेको रमणीय बिशाल खुल्ला, ठुला गह्रा अब्बल ठाउँ थियो । जग्गा पनि देशी विदेशी पैसाले जोडेको असल साहुको जमिन रहेछ । हामीलाई तीस वर्षे जागिरको पैसा यही जग्गामा हाल्ने लालच पनि जाग्यो । किनकी जागिरको पसिनाबाट बचेको पैसा राम्रो ठाउँका भविष्यको लागि लगानी गर्ने अठोट गरेका थियौँ ।
जग्गा राम्रो परिवेश र भद्र ठाउँमा थियो । हामीले पनि रोजेको र खाजेको खास्सा छदै थियो । चाउरी परेका गाला अरुको पराधिन भन्दा धिउ खाएर घर बस्नु जाति अफिसको आह्वान पनि हामीले सम्झ्यौँ । उपस्थित तीनैजना साथीले भने– लौ ! लौ ! ठीक हुन्छ घच्चीको जग्गा छ, किनौँ । अनि त्यहि बेला साहुले सोध्यो– कति कामले आएको ? के जग्गा चाहिएको हो ?
हामी तीनैजना साथीले एउटै स्वरमा भन्यौँ– हजुरको फाँट सुन्दर र बहुत रमणीय रहेछ । हामीहरू अलिकता माटोमा लगानी गर्न चाहन्छौँ । साहूले पनि तुरुन्तै प्रफुल्ल हुँदै उत्तर दिए– यो जग्गा किन्न पाउँदैनौ । अलिकता चाख्न त दिन चाहन्थेँ तर के गर्नु मेरा घरको पाल्तु कुुकर डुलाउने डगीपार्क हो यो, त्यसको लागि घरमा बाह्र हल गोरु बाजेको पालादेखि पालेको छु ।
साथीहरूको जग्गा किन्ने मुड आँधिवेरी र हावाहुरीझै छिनकाछिनमै ढलेको मुढोझै पछारियो ।
०००
तुप्चे– ४, चनौटे नुवाकोट
हाल काठमाडौ १५ चमती, काठमाडौ
Subscribe
Login
0 Comments
Oldest





































