ठाकुरप्रसाद अधिकारीपुस्तकको चमत्कार
म नबोली बसेको देखेर सानी नातिनीलाई रिसको पारो कति चढ्यो चढ्यो । ऊ मसित ठुस्किँदै भन्न थाली– हजुर जस्तो मान्छे त्यति जाबो पनि भन्न नक्ने ?
ठाकुरप्रसाद अधिकारी :
मेरी सानी नातिनी किताबसित खेल्न छाडेर एक्कसी रिसाएर मसँग प्रश्न गर्न थाली– हजुरले पनि पढ्नु भएको छ ?
पढिरहेकी नातिनी किन अचानक मतिर आएर झोक्किई अनौठो माने । म त केहीवेर अक्क न बक्क पनि भएँ । तर आफूले बर्षौदेखि घर व्यवहार सम्हालेर आएको, पुस्तक नपढे पनि मनका मेरा ओढारमा दुई आँखा होइन अनेक थिए नि !
म केही बेर मौन भएको देखेर पुनः चुलबुल गरेर पूर्वफर्केकी ऊ मेरै मुखतिर फर्केर मेरो हात तान्दै अर्को प्रश्न सोध्न थाली– हजुरले स्कुल जानु भा’छ ? के के पढ्नु भो ?
उसको प्रश्न एउटा ठूलै विद्वानको भावभङ्गीको जस्तो थियो ।
उसको प्रश्नले मेरो मन मलिन हुँदै अनेक कुरा खेल्न पुग्यो । पुस्तकले बनाएको नानीको चेतनाभित्र यति धेरै सधै प्रश्न जन्मिन पुग्छ । खास पुस्तक भन्ने कुरो कहाँ छ ? नलेखिएको पुस्तक त मनभित्रको भवसागरमा कति कति ?
म नबोली बसेको देखेर सानी नातिनीलाई रिसको पारो कति चढ्यो चढ्यो । ऊ मसित ठुस्किँदै भन्न थाली– हजुर जस्तो मान्छे त्यति जाबो पनि भन्न नक्ने ? पुन ऊ आफ्नै पुस्तकततिर नै घोप्टिन पुगी ।
०००
तुप्चे– ४, नुवाकोट चनौटे
Subscribe
Login
0 Comments
Oldest






































