साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुस्तकको चमत्कार

म नबोली बसेको देखेर सानी नातिनीलाई रिसको पारो कति चढ्यो चढ्यो । ऊ मसित ठुस्किँदै भन्न थाली– हजुर जस्तो मान्छे त्यति जाबो पनि भन्न नक्ने ?

Nepal Telecom ad

ठाकुरप्रसाद अधिकारी :

मेरी सानी नातिनी किताबसित खेल्न छाडेर एक्कसी रिसाएर मसँग प्रश्न गर्न थाली– हजुरले पनि पढ्नु भएको छ ?

पढिरहेकी नातिनी किन अचानक मतिर आएर झोक्किई अनौठो माने । म त केहीवेर अक्क न बक्क पनि भएँ । तर आफूले बर्षौदेखि घर व्यवहार सम्हालेर आएको, पुस्तक नपढे पनि मनका मेरा ओढारमा दुई आँखा होइन अनेक थिए नि !

म केही बेर मौन भएको देखेर पुनः चुलबुल गरेर पूर्वफर्केकी ऊ मेरै मुखतिर फर्केर मेरो हात तान्दै अर्को प्रश्न सोध्न थाली– हजुरले स्कुल जानु भा’छ ? के के पढ्नु भो ?
उसको प्रश्न एउटा ठूलै विद्वानको भावभङ्गीको जस्तो थियो ।

उसको प्रश्नले मेरो मन मलिन हुँदै अनेक कुरा खेल्न पुग्यो । पुस्तकले बनाएको नानीको चेतनाभित्र यति धेरै सधै प्रश्न जन्मिन पुग्छ । खास पुस्तक भन्ने कुरो कहाँ छ ? नलेखिएको पुस्तक त मनभित्रको भवसागरमा कति कति ?

म नबोली बसेको देखेर सानी नातिनीलाई रिसको पारो कति चढ्यो चढ्यो । ऊ मसित ठुस्किँदै भन्न थाली– हजुर जस्तो मान्छे त्यति जाबो पनि भन्न नक्ने ? पुन ऊ आफ्‌नै पुस्तकततिर नै घोप्टिन पुगी ।

०००
तुप्चे– ४, नुवाकोट चनौटे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
पानीबढुवा हाकिम र गोल्डेन एज

पानीबढुवा हाकिम र गोल्डेन...

ठाकुरप्रसाद अधिकारी
निम्ताको जाल

निम्ताको जाल

ठाकुरप्रसाद अधिकारी
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x