साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अराजक सहरमा

हेर्दाहेर्दै जीवनको आकाशबाट अदृश्य छ खुसी हराएर जीवनको इन्द्रेनी रङ सेताम्मे काँस फुलाएर उराठिलो शिशिर बाँचेको छ समय ।

Nepal Telecom ad

विवश पोखरेल :

सपनाको रङ्गीन घुम्टो ओढेर
अराजक यो सहरमा
प्रतीक्षाका आतुर मन ओछ्याउँदै
धमिला आँखामा मान्छेहरू खोजिरहेछन्
जीवनको उज्यालो रङ
खोजिरहेछन्
अप्रत्यासित ओठबाट अपहरित मुस्कान ।

हेर्दाहेर्दै संवेदनाहीन यो सहरमा
सालिक भएका छन् मान्छेहरू
बुख्याचा भएर उभिएको छ ंवर्तमान
निस्तब्ध सालिकका आँखाबाट
अविराम झरिरहेछ पीरका रुन्चे झरी
निथ्रुक्क भिजेको छ प्रस्तर मन
चिंिसएको छ सपनाको ओभानो बलेंंसी

छातीमा बोकेर
यातनाका असङ्ख्य डाम
घाइते सडकमा
अथकित हिंडिरहेछन् मान्छेहरू ।

अराजक यो सहरमा
मौलाएको छ भ्रमको खेती
भूमिगत छ आदर्श
शुली चढेको छ इमान
स्वार्थका खालमा
तान्न आतुर छन् खेलाडीहरू
जोकरसत्ता
अपहरित छन्
गुलाबी फूलको अनुपम सौन्दर्य
उदास उदास छन् मालीहरू ।

अराजक यो सहरमा
बतासजस्तै समाउन नसक्ने गरी
भागेको छ वसन्त
फर्केर फेरि कहिले नआउने गरी
नदी भएर बगेको छ विश्वास
मौन, नियालेर नदीको निष्ठुरता
उदास बगरमा
रुपान्तरित भएका छन् आकाङ्क्षाहरू
हेर्दाहेर्दै जीवनको आकाशबाट
अदृश्य छ खुसी
हराएर जीवनको इन्द्रेनी रङ
सेताम्मे काँस फुलाएर
उराठिलो शिशिर बाँचेको छ समय ।

अराजक यो सहरमा
एउटा अराजक
नियति भोगिरहेछन् मान्छेहरू ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लडाइँ

लडाइँ

विवश पोखरेल
मुसे उत्पात

मुसे उत्पात

विवश पोखरेल
फिलिमरोग

फिलिमरोग

विवश पोखरेल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x