साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फोन

अव हाकिममा उनीहरुको चित्त बुझाउन सक्ने तागत बाँकी थिएन । लाचारीको चश्मा लगाउँदै उनले भने, "तपाईंहरुको लागि माथिबाट फोन आएन । अनि म के गरूँ त ?"

Nepal Telecom ad

लीलाराज दाहाल :

नयाँ कार्यालय भर्खर सञ्चालनमा आएको थियो ! कार्यालयको लागि केही कर्मचारीहरु अपुग भए ! पदपूर्तिका लागि योग्य व्यक्तिहरुबाट दरखास्त आह्वान गरियो। केही कम्प्युटर अपरेटर पदका लागि आवेदन मागियो ।

लक्ष्मणले पनि बेरोजगारीको दलदलबाट बाहिर निस्कन बिज्ञापन भएको पदमा दरखास्त हाले । उनी कम्प्युटर बिज्ञानमा स्नातक थिए । कम्प्युटर जानेका अरु पनि केही युवायुवतीहरुले फाराम भरेका थिए । परीक्षाको किसिम प्रयोगात्मक र अन्तर्वार्ता भनिएको थियो । केही समयमा परीक्षाको नतिजा पनि सार्वजनिक भयो ।

प्रकाशित नतिजामा लक्ष्मण लगायतका परीक्षार्थीहरुको नाम निस्किएको थिएन । कहिल्यै कम्प्युटर नछोएका, कम्प्युटरको बारेमा सामान्य कुराको पनि जानकारी नभएकाहरु पो परीक्षामा उत्तीर्ण हुन पुगेका थिए !

अनि लक्ष्मण लगायतका परीक्षार्थीहरुले हाकिमको कोठामा पुगेर असन्तुष्टी जनाए,”हामी कसरी अयोग्य भयौं हाकिम साहेव ? आज हाम्रा प्रमाणपत्रहरुको ठूलो उपहास भयो तपाईंबाट !”

अव हाकिममा उनीहरुको चित्त बुझाउन सक्ने तागत बाँकी थिएन । लाचारीको चश्मा लगाउँदै उनले भने, “तपाईंहरुको लागि माथिबाट फोन आएन । अनि म के गरूँ त ?”

०००
बागमती ११, कर्मैया, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शक्ति

शक्ति

लीलाराज दाहाल
संस्कार

संस्कार

लीलाराज दाहाल
कहाँ हुन्छ !

कहाँ हुन्छ !

लीलाराज दाहाल
म त खाँट्टि झोले हुँ

म त खाँट्टि झोले...

लीलाराज दाहाल
प्रशंसाको गीत

प्रशंसाको गीत

लीलाराज दाहाल
भाषण

भाषण

लीलाराज दाहाल
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x