साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शक्ति

खैनीको त उस्ताद हो लक्ष्मणप्रसाद ! यस्तो इमान्दार कर्मचारी पाउन गाह्रो छ । यस वर्षको उत्कृष्ट निजामती पुरस्कार यिनैलाई दिनुपर्छ !

Nepal Telecom ad

लीलाराज दाहाल :

अफिसमा बसेर कर्मचारीहरु ईर्ष्याको पिङ खेल्दैथिए !
“होइन, खरदार लक्ष्मणको कहिल्यै सरुवा हुँदैन त ! हामीलाई त दुई वर्ष नहुँदै डाँडो कटाउँछन् !” सहकर्मी बिदुरले भने ।

“म पनि छक्क परेको छु । ऊ काम पनि केही गर्दैन तैपनि हाकिमको प्यारो छ !” अर्का सहकर्मी उमेशले थपे ।
“उसको ठूलै पावर छ जस्तो लाग्छ ! एउटै कार्यालयमा “यस्तो मालदार अफिसमा कोही टिक्छ यत्रो वर्ष ?
छब्बीस-छब्बीस वर्ष एउटै कार्यालयमा टिक्नु मजाक हो र ! ऊ यत्रो बर्ष के गरेर टिकेको होला ?’’ उमेशले पुनः सवालको मुक्का चलाए ।

कार्यालयमा चिया पिउने समयको अतिरिक्त अरु समयमा पनि लक्ष्मणप्रसादको बिषयमै गफ हुँदैथियो ! अचानक मन्त्रालयका सचिव सहितको हाकिमहरुको टोली कार्यालयको निरीक्षण गर्न आइपुग्यो । सबैजना सतर्क भए !

सचिवले सबैको अनुहार नियालेर सोधे, “खोइ त लक्ष्मन् खरदार ? मैले कतै पनि देखिँन उनलाई ! उनी नभए त म आउनुको के अर्थ भो र !”

लक्ष्मणको खोजीमा दुई तीन जना कार्यालय सहयोगीहरुलाई चारैतिर दौडाइयो । आधा घण्टापछि लक्ष्मणप्रसाद आफैं आइपुगे ।

एकपटक धनुष्टंकार दण्डवत गरेर उनी के हराएका थिए, कोसेलीको पोको सचिवको बिलासी जीपको डिकीमा थन्क्याएर हत्केलामा खैनी माँड्दै हाकिमहरुको सामुन्ने खडा भए । लक्ष्मणले बनाएको खैनी आफ्नो ओठभित्र घुसारेर सचिवले आफ्ना सहकर्मी हाकिमहरुलाई हेर्दै भने, “खैनीको त उस्ताद हो लक्ष्मणप्रसाद ! यस्तो इमान्दार कर्मचारी पाउन गाह्रो छ । यस वर्षको उत्कृष्ट निजामती पुरस्कार यिनैलाई दिनुपर्छ !”

०००
बागमती ११, कर्मैया, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कार

संस्कार

लीलाराज दाहाल
कहाँ हुन्छ !

कहाँ हुन्छ !

लीलाराज दाहाल
म त खाँट्टि झोले हुँ

म त खाँट्टि झोले...

लीलाराज दाहाल
प्रशंसाको गीत

प्रशंसाको गीत

लीलाराज दाहाल
भाषण

भाषण

लीलाराज दाहाल
तीन ठाेक्तक

तीन ठाेक्तक

लीलाराज दाहाल
दोब्बर पुरस्कार

दोब्बर पुरस्कार

टीकाराम रेग्मी
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
दुई नम्बरीको संसारमा

दुई नम्बरीको संसारमा

काेइराला वत्सराज
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x