साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निर्वाचन

आत्माले तौलदा आफ्नै तौल शून्य होला बाँकी रहला पश्चाताप बाँच्नुनै धन्य होला जोड, घटाउमै औंला भाँची रहदा केवल, शेष बाहेक अन्य बाँकी के नै गन्य होला...!?

Nepal Telecom ad

इ. कुमार खड्का :

मैदानमा
आदर्शका झण्डा फहरिन्छन्,
स्वार्थनुकुलित मनसायका
गुलिया नारा लहरिन्छ्न्,
तर पर्दा पछाडि
घात, प्रतिघातका सौदा चल्छन्,
सद्विचारका भावना ढल्छन्,
कथनी, करनीका फरक आडम्बरले
मानविय चेतका संवेग जल्छन् ।
हात मिलाउनेको मुस्कानभित्र
छुरा झैँ तेज स्वार्थ लुकेका हुन्छन्,
मान्छेरुपका बाहिरी आकार
ब्वाँसो बनेर ढुकेका हुन्छन् ,
किनबेचका अनैतिक खेलो
र परेवाको हुलमा
गिद्द लुकेका हुन्छन् ।
जनमत,
फौबन्जारको खजाना हुँदा
विचारहरू,
बलीवेदीमा डढ्छन् ।
फोस्रा नाराहरूले
गगन भेद गर्दा,
आशाहरू
लिलामीमा चढ्छन् ।१

प्रत्येक नियति,
भूमिगत जेलभित्रै सढ्न सक्छ
पैतालाको खिल मुटुमा गढ्न सक्छ,
अन्ततोगत्वा फेरि
मतपत्रमा अङ्कित भविष्य,
नयाँ नेपालको कल्पित दृष्य,
अंकगणितमै बिक्न खोज्दा
जनताको आशा र विश्वास
संसयको भासमा टिक्न खोज्दा,
लोकको हुर्मत अपचलन हुदै
कवाडिको उल्झनमा पर्न सक्छ ।
लोकतन्त्रको मन्दिरमा
नैतिकता बन्दी हुँदा,
विजयको उत्सव नभै
चौतर्फी मौनता साँधिन सक्छ ।२

सोचौं !
“आत्माले तौलदा आफ्नै तौल शून्य होला
बाँकी रहला पश्चाताप बाँच्नुनै धन्य होला
जोड, घटाउमै औंला भाँची रहदा केवल,
शेष बाहेक अन्य बाँकी के नै गन्य होला…!?
त्यसैले,
“अमूल्य दानको महत्व बुझौं भलिभाँती
मुलाहिजा, दबाब, नीहित स्वार्थका ताँती,
पहिल्याउँ नीति, नैतिकता, विवेकका रेखाहरु,
शक्ति, प्रभावका सर्तलाई बलि दिनुनै जाति ।” ३
सद्विचारको जय होस् ।
अस्तु…!

०००
आलापोट, काठमाडौं ।
२०८२/११/११

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोकान

चार ठोकान

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x