साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

मठ, मन्दिर, गुम्बा भत्काउने उही पुजारी हुँदै छ धर्म, संस्कार, संस्कृतिका कुपात्र, बलात्कारी, आफैँ जोरी खोज्दो, स्वयम् डिठ्ठाविचारी हुँदै छ ।

Nepal Telecom ad

कुमार खड्का :

अग्रजका जीवन दर्शन, कर्म हाम्रो आधार हुन्छ
धर्म, संस्कार, संस्कृतिको सबलतामै सार हुन्छ
सत्कर्म र दुष्कर्मबिचको युद्ध नै हो मानव चोला
हामीभित्रै सुसभ्यता छ, बुझ्न सके अपार हुन्छ ।
१.

खाली भाँडो माग नभै दान गरेको हुन सक्छ
भरी भाँडो दानको हैन माग्दै भरेको हुन सक्छ
मिल्दैन तथ्य र कारण हजुर ! एकमना सोचले,
झुसी भाँडो झन् चोरी, लुटमै दरेको हुन सक्छ ।
२.

जो अपशकुनको भारी, ऊ नै गम्दारी हुँदै छ
मठ, मन्दिर, गुम्बा भत्काउने उही पुजारी हुँदै छ
धर्म, संस्कार, संस्कृतिका कुपात्र, बलात्कारी,
आफैँ जोरी खोज्दो, स्वयम् डिठ्ठाविचारी हुँदै छ ।
३.

ढुङ्गा टुसाउने, बन्जर रसिने सृष्टिको आधार यो
आशा, भरोसाको मियो हो, महिमा अमूल्य सार यो
अनगन्ती सोच, परिभाषा छन् आफ्नै यहाँ कतिका
कोपिला फुल्ने, फूल हँसाउने ईश्वरीय अवतार यो ।
४.

०००
आलापोट, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोकान

चार ठोकान

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x