रमेश समर्थनचार ठोक्तक
ध्येय तिमीसँगै छ र ध्यान तिमीसँगै छ मन तिमीसँगै छ र ज्यान तिमीसँगै छ प्रेमी हुँ, पे्रम गरेँ, प्रहार गर या छोडिदेऊ तरवार तिमीसँगै छ म्यान तिमीसँगै छ ।
रमेश समर्थन :
१.
हुर्किने नहुर्किने विचारै नगरी कुराका भुरा छरिरहन्छौ
अँजुलीले शीत उबाएर भन त कस्तो घैला भरिरहन्छौ
कति प्यारो रहेछु म तिम्रा लागि, धन्यवाद छ प्रिय शत्रु
जता जान्छु सुन्छु तिमी त केवल मेरै कुरा गरिरहन्छौ ।
२.
घटनाहरू पनि समाजमा अनौठा अनौठा हुन्छन्
कुनैले बेस्सरी हँसाउँछन् त कुनैले मनमा छुन्छन्
यस्ता घटनाहरू निकै भाइरल हुँदै छन् कि अचेल
केटीको बिहेमा घरका भन्दा बढी छिमेकी केटा रुन्छन् ।
३.
कहिले लाग्छ यो जिन्दगी पूर्वजन्मको बक्यौता हो
कहिले लाग्छ यो जिन्दगी अनिच्छित सम्झौता हो
विश्लेषण ग¥यो भने प्राप्ति अप्राप्तिका शृङ्खलाहरू
लाग्छ यो जिन्दगी साफी गर्न बाँकी मस्यौदा हो ।
४.
ध्येय तिमीसँगै छ र ध्यान तिमीसँगै छ
मन तिमीसँगै छ र ज्यान तिमीसँगै छ
प्रेमी हुँ, प्रेम गरेँ, प्रहार गर या छोडिदेऊ
तरवार तिमीसँगै छ म्यान तिमीसँगै छ ।
०००
रुपन्देही
Subscribe
Login
0 Comments
Oldest







































