साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठाेक्तक

मधेस दुख्छ, पहाड दुख्छ र हिमाल दुख्छ दुख्न थालेपछि मन वीभत्स विकराल दुख्छ दुखाइको प्रकृति पनि ठाउँअनुसार हुन्छन्‌ बिग्रेर उकुच पल्टेको घाउझैँ नेपाल दुख्छ ।

Nepal Telecom ad

रमेश समर्थन :

१.
हुर्किने नहुर्किने विचारै नगरी कुराका भुरा छरिरहन्छौ
अँजुलीले शीत उबाएर भन त कस्तो घैला भरिरहन्छौ
कति प्यारो रहेछु म तिम्रा लागि, धन्यवाद छ प्रिय शत्रु
जता जान्छु सुन्छु तिमी त केवल मेरै कुरा गरिरहन्छौ ।

२.
घटनाहरू पनि समाजमा अनौठा अनौठा हुन्छन्‌
कुनैले बेस्सरी हँसाउँछन् त कुनैले मनमा छुन्छन्‌
यस्ता घटनाहरू निकै भाइरल हुँदै छन् कि अचेल
केटीको बिहेमा घरका भन्दा बढी छिमेकी केटा रुन्छन् ।

३.
कहिले लाग्छ यो जिन्दगी पूर्वजन्मको बक्यौता हो
कहिले लाग्छ यो जिन्दगी अनिच्छित सम्झौता हो
विश्लेषण गर्‍यो भने प्राप्ति अप्राप्तिका शृङ्खलाहरू
लाग्छ यो जिन्दगी साफी गर्न बाँकी मस्यौदा हो ।

४
ध्येय तिमीसँगै छ र ध्यान तिमीसँगै छ
मन तिमीसँगै छ र ज्यान तिमीसँगै छ
प्रेमी हुँ, पे्रम गरेँ, प्रहार गर या छोडिदेऊ
तरवार तिमीसँगै छ म्यान तिमीसँगै छ ।

५
मधेस दुख्छ, पहाड दुख्छ र हिमाल दुख्छ
दुख्न थालेपछि मन वीभत्स विकराल दुख्छ
दुखाइको प्रकृति पनि ठाउँअनुसार हुन्छन्‌
बिग्रेर उकुच पल्टेको घाउझैँ नेपाल दुख्छ ।

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x