साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महिला हिंसा

यति भएपछि हतपत समालिदैँ उस्ले यमराजलाई अनुनय गरिन्- "भयो यमराज ! भयो ! म स्वर्ग जाँदिन मलाई नर्क नै लानुहोस् ।"

Nepal Telecom ad

चम्पा दिवस राई

मानवीलाई आफ्नो पति मक्करध्वजले आफ्नो सेवा-टहल राम्रो संग गरेन भन्ने आरोप लगाउँदै दिन रात कुट्ने गर्दथे । खाना- पीना पकाएर खान दिनु , लुगा-फाटो धोईदिनु लगायतका घरायसी काम सकेर पनि सुत्ने बेलामा तेल तताएर गोडामा मालिस गरिदिनु प्रभृति गरेर मात्रै उसले आरम पाउने गरेको थियो ।

एक दिन खाना ढिलो पकाएको निहुँमा उनका पति मक्करध्वजले उसलाई मरणासन्न हुने गरि कुटपिट गरे । मानवीको दुख पोखाउने ठाउँ कँही थिएन । आधा रातमा सिधै गएर उर्लदो खोलामा गएर उसले हामफाली।

केही तल बग्दै गएपछि उनको बल्ल सास गयो । उनको लास खोलाको किनारमा फ्याकिदियो ।त्यहीँ खोलाको किनारमा यमराज भैंसी लिएर उनलाई लिन हाजिर थियो ।

त्यो यमराजले उसलाई टपक्क टिपेर भैंसी माथि राखेर आकाश मार्ग तिर उडाएर लानथाल्यो । उसले रुँदै यमराजलाई भन्यो- “मलाई कहाँसम्म लनु हुँदैछ यमराज ?”

यमराजले घोप्टे जुङ्गामा ताव लाउँदै उत्तर दियो- “तिमीले आत्महत्या गरेको हुनाले अब तिमी सिधै नर्क लोकमा जानु पर्ने हुन्छ ।”
मानवी यमराजको कुरा सुनेर डाको छोडेर रुन थाल्यो । यमराजको पखेटा भएको भैंसीले यतिबेला उनीहरुलाई स्वर्ग र नर्क जाने दोबाटोमा पुर्याई सकेका थिए । त्यस फाटकमा यमराजले आफ्नो वायुपंखी भैंसीलाई केहि क्षण रोकेर मानवीलाई भने- “यहाँबाट तिमीले नर्क जानु अघि केही क्षण स्वर्गको अवलोकन गर्न सक्ने छौ ; कारण तिमीले बाँच्नुजेलसम्म आफ्नो पतिको राम्रोसँग सेवा गरेर एउटा पतिव्रर्ता नारीको गरिमा थामेका रहेछौ ।”

मानवीले हतार -हतार आँशु पुछेर स्वर्ग तिर हेरिन् । बाफरे !स्वर्गको सुन्दरता मुखले बर्णन गरिनसक्नु थियो । उनले अवाक भएर भनिन्- “यमराज पिल्ज मलाई नर्क नलगी दिनुहोस् ,म स्वर्ग जान चहान्छु ।”

अघिदेखि मानवीको सुन्दरतामा मक्कख परिरहेको यमराजले लेग्रो तान्दै भन्यो- “स्वर्गको राजा ता इन्द्र भगवान् होइसिन्छ, म ता उनको हुकुम पालन गर्ने एउटा स्वर्गको करमचारी मात्रै हूँ।”

यमराजको कुरा सुनेर मानवीले भनिन्- “यमराज म स्वर्ग जाने योग्यको नभए तापनि एक पल्ट स्वर्गका राजा इन्द्र भगवानको दरवार र भगवान इन्द्रलाई यहीँबाट हेर्नु चहान्छु ।”

यमराजले आफ्नो भैंसीलाई फाटकबाट केही अघिबडाएर मस्किदै भने- “लु हेर यहाँबाट स्पष्ट देखिन्छ ।”

यमराजको लचिलोपन संग खुशी हुँदै मानवीले त्यतातिर हेरिन्- दरवारको आगनमा सूनको सिहासनमा भगवान् इन्द्र गजधम्म परेर बसिरहेका रहेछन् । उनको वरीपरी दुई जना अपसराहरु पंखा हम्की रहेका, दुई जनाले पाउमा तेल लगाएर मालिस गरिरहेका, एक जनाले टाउकोमा अतर लगाएर मिचिरहेको, एकजनाले सुनको चम्चीले चाँदीको कटौरोमा भएको मह खुखाई रहेको, एकजनाले कट्टु धोइरहेको आदि -इत्यादि सबै दृश्यले उसलाई रिँगटा छुटला जस्तो भयो ।

यति भएपछि हतपत समालिदैँ उस्ले यमराजलाई अनुनय गरिन्- “भयो यमराज ! भयो ! म स्वर्ग जाँदिन मलाई नर्क नै लानुहोस् ।”

०००
दक्षिण सुखिम 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ताली

ताली

चम्पा दिवस राई
बाटो कसले बिगार्यो ?

बाटो कसले बिगार्यो ?

शेषराज भट्टराई
जय काठमाडौँ माता !

जय काठमाडौँ माता !

डा. गाेपीन्द्र पाैडेल
अलमल्ल

अलमल्ल

रामकृष्ण ढकाल
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (२)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x