साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उहाँ कवि हुनु भो

उहाँको मालिकले पाता कस्ने भन्नुभएको छ उहाँले त खुट्टा भाँच्ने भनेको हो आफ्नै सुर र लयमा हिँड्दा पनि नबुझ्ने तपाईँ कस्तो हो उहाँ कवि हुनु भो।

Nepal Telecom ad

भलादमी भोला :

उहाँ कवि हुनु भो
उहाँले इँजार तान्नु भो
सुरुवाल फुस्कियो
उहाँ कवि हुनु भो ।

उहाँले गाँस छोड्नु भो
हामीले डकार छोड्यौं
सबै अघाएपछि
देशको आयात रोकियो
देश समृद्ध भो ।

उहाँले समस्या बोल्नुभो
समाधानमा भोट आयो
फिर्ता गर्न नमिल्ने रहेछ
उहाँ कवि हुनु भो ।

पाइन देखाएर
लाइन बसेपछि
ग्याँस सिलिन्डरमा नभरिए पनि
शरीरमा भरिन सक्छ
अलिकति ठट्टा पनि नबुझ्ने
कस्तो संस्कारको पर्नु हो
उहाँ कवि हुनु भो ।

आफ्नो कुरा नसुनेपछि
फन्केर हिँडेको
त्यति बुझ्न पनि
बारम्बार सबैले घेरेर
प्रश्न सोध्नुभो
शौचालय जाँदा पनि
झोला बोकेर जाने
उहाँ कवि हुनु भो ।

उहाँको मालिकले
पाता कस्ने भन्नुभएको छ
उहाँले त खुट्टा भाँच्ने भनेको हो
आफ्नै सुर र लयमा
हिँड्दा पनि नबुझ्ने
तपाईँ कस्तो हो
उहाँ कवि हुनु भो।

०००
ओखलढुङ्गा
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परान गो

परान गो

भोलानाथ सुबेदी
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x