साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ताली

मञ्चको पछिल्लो भागबाट त्यो आवाज आएको सुनेपछि बीचभागमा बसेका दर्शकहरुले पनि जोडले ताली लगाए ।

Nepal Telecom ad

चम्पा दिवस राई :

शहरको मास्तिर अवस्थित सामुदायिक भवनमा एउटा शोकसभा आयोजना गरिएको थियो । केही दिन अघि मात्रै मृत्यु भएका यसै शहरका निकै ठूलै नामवाला साहित्यकारको नाममा यो शोक सभाको आयोजना भइरहेको थियो । स्वर्गवासी साहित्यकारको लेखन एउटा गंभीर दर्शनमा आधारित भएको हुनाले उनका रचनाहरुको भेउ साधारण पाठकहरुले पाउँदैनथे ।

दुई मिनटको मौन धारणपछि एकजना निकै टाढाबाट झिकाइएको एकजना प्रकाण्ड विद्वान व्यक्तिले उनै मृतक साहित्यकारको रचनामाथि सार गर्वित वक्तव्य दिए ; तर त्यसको टुप्पो फेद कसैले बुझ्न सकेन ओेेैपचारिकता पुरा गर्न दर्शकदीर्घाको अघिल्लो लस्करका विद्वान् व्यक्तिहरुले ताली लगाएपछि रहल सबैले ताली लगाए ।

मुख्य अतिथिको आसनमा विराजित मृतक साहित्यकारकी पत्नीको वक्तव्यकाे पालो आयो । मञ्चमा चडेर केही शब्द बोल्नासाथ उनी रुन थालिन् । हल एकाएक सुनसान भयो ।

त्यति नै बेला त्यो सामुदायिक भवनको सफाइ कर्मचारीले हातमा माडिरहेको खैनीको धुलो उडाउनलाई हातले प्याटप्याट जोडले पड्कायो । मञ्चको पछिल्लो भागबाट त्यो आवाज आएको सुनेपछि बीचभागमा बसेका दर्शकहरुले पनि जोडले ताली लगाए । त्यसपछि अघिल्लो लस्करमा भएका सबै विद्वान-विदुशीहरुले ता झन अझ जोड-जोडले ताली लगाए ।

०००
दक्षिण सुखिम ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलमूत्रको कुरो

मलमूत्रको कुरो

दिलीप अर्याल
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
बजेट

बजेट

रामकुमार पण्डित क्षेत्री
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x