साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्नेहले हँसाउने बुबामुमा सुखी रहून्

राष्ट्रवादले सदा मिलेर राष्ट्र हाँक्दछ । भक्ति शक्तिको दियो अजस्र बाल्नुपर्दछ ।। ईशतुल्य छन् सदा सुपूज्य पूज्य आँट हुन् । स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ।।

Nepal Telecom ad

जगदीश्वर पोख्रेल :

वंश रत्न हो भनी सहर्ष गर्व गर्दथे ।
जे अभाव छन् बुझी तुरुन्त पूर्ण भर्दथे ।।
चित्त शान्त होस् सधैँ अगम्य गम्य शक्ति हुन्
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ।।१

दिव्य धाम तीर्थ हुन् स्रोत शक्ति प्रेरणा ।
शिष्ट सभ्यता दिने छरेर नित्य चेतना ।।
स्रोत मूल ज्ञानका विशिष्ट निष्ठ भक्ति हुन् ।
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ।।२

चन्द्र, सूर्यतुल्य छन् कर्म दिव्य जोशिला ।
बातबातमा खुवा दिने सदैव पोसिला ।।
कर्म धर्म गर्दछन् पवित्र भाव आँत हुन् ।
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ।।३

भ्रष्टवाद घात हो चरित्र राख शुद्धता ।
सानमान बढ्दछन् चुलिन्छ सभ्य सभ्यता ।।
वंशका प्रमोह यी सुरम्य लोकमार्ग हुन् ।
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ।।४

राष्ट्रवादले सदा मिलेर राष्ट्र हाँक्दछ ।
भक्ति शक्तिको दियो अजस्र बाल्नुपर्दछ ।।
ईशतुल्य छन् सदा सुपूज्य पूज्य आँट हुन् ।
स्नेहले हँसाउने बुबामुमा सुखी रहून् ।।५

०००
लमजुङ, हाल- सन्तोषीनगर, कलङ्की

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Jagafiswor pokharel
Jagafiswor pokharel
1 month ago

लोकप्रिय फित्कौली डटकमले नेपाली भााषा, साहित्य, कलाको उन्ननयनमा अतुलनीय योगदान गरी रहेको छ । प्रधान सम्पादक नरनाथ लुइँटेलको योगदनलाई सम्मान गर्दछु । सामााजिक कार्यमा समर्पित हुनु भनेको चानचुने कुरा होइन । सर्जकका सिर्जना भावक सामु पुऱ्याइ दिनु हुन्छ । ओझेलमा परेका सर्जकलाई प्रकाशित गरिदिनु भएको छ । भावकले पढ्न पाउँछन् । कविता प्रकाशित गरिदिएर विश्व व्यापी बनाइदिएकोमा फित्कौली परिवारमा हार्दिक आभार अर्पण गर्दछ ।

Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
1
0
Would love your thoughts, please comment.x
()
x