जगदीश्वर पाेखरेलभानु बनेका सबका प्यारा
भानु ज्योतिषी वंशको हियो । घाँसी कृतिले प्रेरणा दियो ।। भाषा सारथि सिर्जना सिरा । भानु बनेका सबका प्यारा ।।
जगदीश्वर पाेखरेल :
संस्कृत भाषा ज्ञान कलाले ।
रामायणले आँत छुनाले ।।
नेपालीका काव्य सितारा ।
भानु बनेका सबका प्यारा ।।१
आदिकवि भनी मान दिलाए ।
भानु चिनाए मोती उदाए ।।
भाषा नायक भानु पियारा ।
भानु बनेका सबका प्यारा ।।२
सीता र राम दिव्य कथाले ।
देश चिनायो शक्ति हुनाले ।।
अर्चन गर्छन् जून र तारा ।
भानु बनेका सबका प्यारा ।।३
भानुभक्तको काव्य माधुरी ।
व्यङ्ग्य चेतना खोल्छ माकुरी ।।
रम्घा र चुँदी भानुका धुरा ।
भानु बनेका सबका प्यारा ।।४
भानु ज्योतिषी वंशको हियो ।
घाँसी कृतिले प्रेरणा दियो ।।
भाषा सारथि सिर्जना सिरा ।
भानु बनेका सबका प्यारा ।।५
०००
पाउँदीबजार, लमजुङ








































सुन्दर सृजना ! जय होस् 🙏
लोकप्रिय फित्कौली डटकमले नेपाली भााषा, साहित्य, कलाको उन्ननयनमा अतुलनीय योगदान गरी रहेको छ । प्रधान सम्पादक नरनाथ लुइँटेलको योगदनलाई सम्मान गर्दछु । सामााजिक कार्यमा समर्पित हुनु भनेको चानचुने कुरा होइन । सर्जकका सिर्जना भावक सामु पुऱ्याइ दिनु हुन्छ । ओझेलमा परेका सर्जकलाई प्रकाशित गरिदिनु भएको छ । भावकले पढ्न पाउँछन् । कविता प्रकाशित गरिदिएर विश्व व्यापी बनाइदिएकोमा फित्कौली परिवारमा हार्दिक आभार अर्पण गर्दछ ।