साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानु बनेका सबका प्यारा

भानु ज्योतिषी वंशको हियो । घाँसी कृतिले प्रेरणा दियो ।। भाषा सारथि सिर्जना सिरा । भानु बनेका सबका प्यारा ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

संस्कृत भाषा ज्ञान कलाले ।
रामायणले आँत छुनाले ।।
नेपालीका काव्य सितारा ।
भानु बनेका सबका प्यारा ।।१

आदिकवि भनी मान दिलाए ।
भानु चिनाए मोती उदाए ।।
भाषा नायक भानु पियारा ।
भानु बनेका सबका प्यारा ।।२

सीता र राम दिव्य कथाले ।
देश चिनायो शक्ति हुनाले ।।
अर्चन गर्छन् जून र तारा ।
भानु बनेका सबका प्यारा ।।३

भानुभक्तको काव्य माधुरी ।
व्यङ्ग्य चेतना खोल्छ माकुरी ।।
रम्घा र चुँदी भानुका धुरा ।
भानु बनेका सबका प्यारा ।।४

भानु ज्योतिषी वंशको हियो ।
घाँसी कृतिले प्रेरणा दियो ।।
भाषा सारथि सिर्जना सिरा ।
भानु बनेका सबका प्यारा ।।५

०००
पाउँदीबजार, लमजुङ

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
kumar khadka
kumar khadka
3 months ago

सुन्दर सृजना ! जय होस् 🙏

Jagadiswor Pokharel
Jagadiswor Pokharel
2 months ago

लोकप्रिय फित्कौली डटकमले नेपाली भााषा, साहित्य, कलाको उन्ननयनमा अतुलनीय योगदान गरी रहेको छ । प्रधान सम्पादक नरनाथ लुइँटेलको योगदनलाई सम्मान गर्दछु । सामााजिक कार्यमा समर्पित हुनु भनेको चानचुने कुरा होइन । सर्जकका सिर्जना भावक सामु पुऱ्याइ दिनु हुन्छ । ओझेलमा परेका सर्जकलाई प्रकाशित गरिदिनु भएको छ । भावकले पढ्न पाउँछन् । कविता प्रकाशित गरिदिएर विश्व व्यापी बनाइदिएकोमा फित्कौली परिवारमा हार्दिक आभार अर्पण गर्दछ ।

Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
2
0
Would love your thoughts, please comment.x
()
x