साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समस्त मातृशक्तिमा

मुमाविना वसुन्धरा उराठ लाग्छ जे गर । मुमा हुँदा धरा गरा भरी म देख्छु ईश्वर ।। विशिष्ट स्नेहकी धनी उदार सोच चिन्तना । समस्त मातृशक्तिमा हजार लाख वन्दना ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

विशाल गर्भ गेहमा लिएर बूँद पाल्नुभो ।
अनेक कष्ट यातना सदैव दूर फाल्नुभो ।
सशक्त शक्त छन् मुमा सुभाव भाव भावना ।
समस्त मातृशक्तिमा हजार लाख वन्दना ।।१

अनन्त स्नेह मातृले दिएर जन्म पाइयो ।
चुसेर वक्ष मातृको सुधा मिठो अघाइयो ।।
दिएर स्नेह पाल्नुभो सहेर कष्ट वेदना ।
समस्त मातृशक्तिमा हजार लाख वन्दना ।।२

मुसी र स्यालको कथा सुनेर माम खाइयो ।
सुतेर मातृ गोदमा पला पला निदाइयो ।।
घरी घरी मुमा जपेँ छदै छ दिव्य सम्झना ।
समस्त मातृशक्तिमा हजार लाख वन्दना ।।३

विक्षिप्त भोक प्यासमा मुमा भनी कराइयो ।
मुमा कता गयौ भनी विलाप लाप गाइयो ।।
असीम शक्ति चेतना अगाध स्नेहकी मुना ।
समस्त मातृशक्तिमा हजार लाख वन्दना ।।४

मुमाविना वसुन्धरा उराठ लाग्छ जे गर ।
मुमा हुँदा धरा गरा भरी म देख्छु ईश्वर ।।
विशिष्ट स्नेहकी धनी उदार सोच चिन्तना ।
समस्त मातृशक्तिमा हजार लाख वन्दना ।।५

०००
पाउँदीबजार, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
के फूल फुल्लान् बागमा

के फूल फुल्लान् बागमा

जगदीश्वर पाेखरेल
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x