साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के फूल फुल्लान् बागमा

कर्मवादी माहुरी नेपाल जोत्दै बस्दछन् । स्वार्थवादी घातकी नेपाल डस्ने गर्दछन् ।। वृक्ष काट्ने बन्चरो गर्दै न माया याचना । बोट भाच्ने गर्दछन् के फूल फुल्लान् बागमा ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

लेक बेँसी गर्दछन् डोका र नाम्ला दैनिक ।
देश रक्षा गर्दछन् देशका हाम्रा सैनिक ।।
शीत थोप फूलमा झर्नेछ मैना माघमा ।
कोपिला मास्ने बढे के फूल फुल्लान् बागमा ।।१

वास बस्छन् कोइली आएर मौवा बोटमा ।
फूल लाली टल्कियो छायर कालो कोटमा ।।
तार तान्दा घन्कियो आलाप रन्क्यो रागमा ।
लात हान्ने छन् कुनै के फूल फुल्लान् बागमा ।।२

नीर पाए फूलको हाँस्ने छ लाली जोवन ।
लट्ठ माली पर्दछन् पाएर काले मोहन ।।
पूर्व लाली देखियो मुस्कान छर्दै वन्दना ।
बोटमा जालो माकुरा के फूल फुल्लान् बागमा ।।३

देश हाँक्ने देशको गर्दै न माया सम्झन ।
दुष्ट वैरी देखियो ताक्दै छ प्यारो आँगन ।।
आश गर्नेहरू छन् नेपाल बोक्ने भावना ।
घात गर्ने छन् यहाँ के फूल फुल्लान् बागमा ।।४

कर्मवादी माहुरी नेपाल जोत्दै बस्दछन् ।
स्वार्थवादी घातकी नेपाल डस्ने गर्दछन् ।।
वृक्ष काट्ने बन्चरो गर्दै न माया याचना ।
बोट भाच्ने गर्दछन् के फूल फुल्लान् बागमा ।।५

०००
लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x