साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुक्तिको मार्ग

“मलाई हजुरले सम्मान गरेर उच्च शिक्षा प्रदान गरेको हैन नि त । ‘राह’ कसरी मुक्तिको मार्ग हुन्छ ?” बुध्दले त्यसपछि संघ खोलेर त्यसै संघमा ती शिष्य जस्तै मानिसहरूलाई बुझाउन थाले ।

Nepal Telecom ad

डा. विदुर चालिसे :

धर्म सभामा बुध्द आफ्ना चेलाहरूलाई मुक्ति मार्गका बारे प्रवचन दिइरहेका थिए । त्यस सभामा एक जना शिष्य सम्मानित उच्च शिक्षाका चेला थिए । ती विद्वत जन अकडो तर्क गर्न खुब माहिर थिए । अरू सबै चेलाहरू लाटा सुधा थिए । उनीहरू गुरूका कुरा सबै मान्थे ।

–“मुक्ति मार्ग भनेको के हो ?, थाहा छ गुरूलाई !”

बुध्द अक्क न बक्क परे र एकछिन सोचे । यो शिष्य चतुर रैछ । यसलाई मार्ग बारे बुझाउनु पर्याे भनेर बीचार गरे अनि उनले उत्तर दिए ।

–“मुक्ति मार्ग भनेको ‘राह’ हो ।”

उक्त विद्वत शिष्य बजारमा गयो । अनि उसले बुध्दले झैं ‘राह’ को बारेमा व्याख्या गर्न लाग्यो । उनलाई सबैले सोधे ।

–“ ‘राह’ भनेको के हो ?”

विद्वत शिष्यले थप व्याख्या गर्न लाग्यो । अवस्था, समाज र स्थानअनुसार आफ्नो व्याख्या गर्दै गयो । अन्त्यमा उ के निष्कर्षमा पुग्यो भने ‘राह’ भनेको ‘जात’ हो । उसले वरपर सबैलाई आआफ्नो जात र जातिको बारे बुझाउन थाल्यो । चलिआएको बुध्दको ‘मुक्ति मार्ग’ ती सबैले बिर्सँदै गए ।

धेरै कालपछि बुध्दले ती शिष्यलाई स्तुपअघि भेटे । स्तुप आधुनिक ढङ्गले सिंगारिएको थियो । बुध्दले ती शिष्यलाई सोधे ।

–“मुक्ति राह अर्थात मुक्ति मार्ग बारे थाहा पायौ ?”

ती शिष्य निकै तनावमा चट्किए । बुध्द शालीन थिए । उनले शिष्यलाई नहडबडाई उत्तर दिन आग्रह गरिरहेका थिए । शिष्य एकोहोरो कराइरहे ।

–“मुक्ति मार्ग त हजुरको स्लो गन हो !”

बुध्द अलअलमा परे । यो शिष्य झन भ्रममा परेछ भन्ने अनुमान काटेर सोधे ।

–“तिम्रो मुक्तिको मार्ग चाहिँ कुन हो त ?”

शिष्यले बडो गर्वका साथ आफ्नो आयात धर्मको आडमा जवाफ दियो ।

–“मार्ग ‘जातीय’ अर्थात ‘राह’ !”

बुध्द सरासर आफ्नो बाटो समातेर हिंडे । उनीसँग मात्रै झोला र गेरु बस्त्र थियो । शिष्य बुध्दको पछिपछि कराउँदै हिंडिरहे ।

–“मलाई हजुरले सम्मान गरेर उच्च शिक्षा प्रदान गरेको हैन नि त । ‘राह’ कसरी मुक्तिको मार्ग हुन्छ ?”

बुध्दले त्यसपछि संघ खोलेर त्यसै संघमा ती शिष्य जस्तै मानिसहरूलाई बुझाउन थाले ।

–“मार्गको अर्थ फारसी भाषामा ‘राह’ हुन्छ, बुझ्यौ ?”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x