साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाकाे लास

जलिरहेकाे फाेटाे हेरिरहेँथे, त्यहाँ बा हुनुहुन्थेन, म पनि थिइन, फरक थियाैँ, जिवीत र मृत मुर्दामा तै पनि बाबु छाेरा थियाैँ नातामा । एकलास एकलासका लाश !

Nepal Telecom ad

डा. विदुर चालिसे :

वेदनाले थुरिएका
समवेदनाले घेरिएका
भावमय मनकाे पसलमा
सुनसान सुनसान थे जन ।
हल्लाखल्लाकाे बीचका आफन्त
खाेजिरहेथे, पराय परदेशकाे मत
म टाढा थिएँ, आफन्त नजिक थे
मेराे बा, काे मृत लाशका अगाडि ।
विगतमा बा’ काे चरिलाे स्वर सुन्थे,
ट्याउँ ट्याउँ लबजमा बेसरम सुन्थेँ
झर्किलाे लाग्थ्याे त्याे आवाज तेसै,
आज तिनै आवाजले चुटे थे हृदय ।
बा’ काे लाशकाे मनले मलाई पर्खिरहेथ्याे,
बा’ काे लागि जहाज खाेजिरहेथेँ विन्दासमा
जहाज चितामा तेसैतेसै डुबिरहेथ्याे दुवैकाे ।
स्टेशनमा घमाइलाे राप चर्केथ्याे ।
ओसिलाे तुवाँलाेका मन्द रफ्तारमा
मेराे सँगैका कुराइकाे साथी फेसवुकमा
पल्टाइरहेथे घृणा भावमा प्याराे बा’ काे
चितामा जलेकाे फाेटाेकाे नि:शब्द पत्ता ।
जब दायाँ फर्कन्थेँ, उस्तै थे बा’ का दृश्यहरू
खरानीमा पुतपुताएकाे बा’ काे कालाे धूँवा ।
माेवाइलमा तारन्तार घण्टी बजिरहन्थ्याे,
उता बालाई जलाइरहन्थे, यता म जल्दन्थेँ ।
बासँग जल्दथे, मेराे परागमनकाे भाेक,
मसँग जल्दथे, बा’ का लागि कर्तव्यहरू ।
अाफन्तहरू खुब थे,
मलामीहरू पनि थुप्रै थे
मेराे बा’ काे जलिरहेकाे लाशसँग
पाेज पाेजकाे फाेटाे लिन्थे क्लिकमा
र, पाेष्ट गर्थे माेवाइलका वालमा,
त्याे तिनका त्यहाँ उत्सव झैं थे ।
कमेण्ट क्षण क्षणमा आइरहन्थ्याे
समवेदनाकाे लहरमा हरेक पल ।
कतै कतै लाइक जब देख्दथे उसै
समवेदना विहीन बन्थे निराशमा
र, वेदनाले चुटिन्थे असिनाले झैं ।
यता जहाजकाे उडान रद्दकाे सूचना थ्याे
उता बा’काे लाश खरानीमा बगिसकेकाे,
माेवाइलमा सूचना आइरहे थे, आइरहे थे ।
विदेशकाे मेराे प्याराे धन,
परदेशकाे मेराे गाह्राे श्रम
उडिरहेथे बा’ काे आत्मासँगै
उहाँलाई खाेज्दै वायुमण्डलतिर ।
जलिरहेकाे फाेटाे हेरिरहेँथे,
त्यहाँ बा हुनुहुन्थेन, म पनि थिइन,
फरक थियाैँ, जिवीत र मृत मुर्दामा
तै पनि बाबु छाेरा थियाैँ नातामा ।
एकलास एकलासका लाश !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माननीय सांसद

माननीय सांसद

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x