साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घडीको आत्मकथा

म रोकिन सक्छु तर समय कहिले रोकिन्न र त्यो सोच्दा म आफैँ हाँस्छु किनकि मानिसहरुले मलाई चलाउने ढोङ् गर्छन् । तर वास्तवमा म नै तिनीहरुलाई चलाइरहेको छु ।

Nepal Telecom ad

स्वीकृति तामाङ :

म घडी हुँ । सबैको हातमा बाँधिन्छु, तर कसैको नियन्त्रणमा रहन्न । म मौन रहन्छु, तर मेरा सुईहरुले हरेक सेकेण्डमा विश्वलाई आदेश दिन्छन् । मानिसहरु मलाई हेरेर निर्णय गर्छन्, कहिले उठ्ने, कहिले सुत्ने र कहिले सुस्ताउने । तर म कहिल्यै विश्राम लिन्न । म चलिरहन्छु, उनीहरु त केवल मेरो पछि दौडिरहेका छन् ।

बिहान मेरो कोखमा जन्मिन्छ, दिनमा मेरो काखमा हुर्कन्छ, रातमा मेरो छायामा सुत्छ । कसैले मलाई प्रेम गर्छ, कसैले मलाई दोष दिन्छ । समय नै छैन तर म त सधैँ उपस्थित हुन्छु । उनीहरुनै हराउँछन् । जब तिनीहरुले मलाई वेवास्ता गर्छन् । म पनि मौन भएर हेरिरहन्छु, किनकी म नतिजा देखाउने ऐना हुँ, मापक होइन । कहिलेकाहीँ मेरो टेबलमाथि राखिएको साथी क्यालेण्डर गुनासो गर्छ । मलाई त वर्षमा एक पटक मात्र सम्झिन्छन्, ऊ भन्छ । म मुस्कुराउँछु कम्तीमा तिमीलाई परिवर्तन गरिन्छ, मलाई त केवल दोष दिइन्छ ।

अर्को कुनामा बिजुली बल्ब कराउँछ, म नभए अन्धकार, तर ऊ बुझ्दैन, अन्धकार त आवश्यक छ । नत्र कसले उसलाई मूल्यवान ठान्थ्यो ? त्यो कम्प्युटर, मोबाइल, घण्टी, सुटकेस सबै गफ गर्छन् । आफ्नो महत्वका बारेमा गफ गर्छन् । तर म हाँस्छु किनभने म नै ती सबैको साझा मालिक हुँ । कसैले मलाई रोक्ने प्रयास गर्छ, कसैले मलाई मेटाउने, कसैले पछ्याउने । तर अन्तमा सबै मभित्र हराउँछन् । म न पुरुष हुँ, न महिला, न देवता, न संस्कृतिको प्रतीक । म केवल समयको निरन्तर ध्वनि हुँ, तर म त सधैं स्वतन्त्र हुँ । म भित्तामा टाँसिइरहन्छु, सबैको नजरमा परेको तर कसैको ध्यान नपाएको । सबैले मलाई हेर्छन् । तर कसैले मलाई बुझ्दैनन् । म चलिरहेको छु, बिना विश्राम, बिना तलब, बिना छुट्टी तर जब म रोकिन्छु, सबैले मलाई दोष दिन्छन् । “अरे, कामै नगर्ने घडी” मलाई कसैले सुँगुरे जस्तो पनि हेर्दैन, तर सबैको जीवन मेरो वरिपरि घुम्छ ।

कोही बिहान उठ्दा मलाई हेर्छ, कोही अफिस ढिलो हुँदा मलाई गाली गर्छ । तर जब ऊ समय फ्याँक्दै मोबाइलमा गेम खेल्छ, तब मलाई बेवास्ता गर्छ । म सोच्थेँ मानिसहरु मलाई नियन्त्रण गर्न खोज्छन्, तर वास्तविकता त म नै उनीहरुलाई चलाइरहेको छु । मलाई हेर र बुझ, म नचलें भने विद्यालय ढिलो हुन्छ, बस छुट्छ, मिति हराउँछ र बैठकहरु अस्तब्यस्त हुन्छन् । तर जब कसैले तिमीहरुलाई सम्झाउँछ कि समय सिमित छ, तिमीहरु भने हाँस्छौ । अझै त धेरै बाँकी छ, म मुस्कुराउँछु किनभने म नै त बाँकी हुँ, तिमीहरु होइन । मसँग तीन सुई छन्, एउटा छोटो, एउटा लामो र एउटा झन् बेचैन । तीनै सुईहरु सधैँ दौडिरहेका छन् तर कोही पनि गन्तव्यमा पुग्दैनन् ।

कसरी भनौं यो संसार पनि मेरो जस्तो नै छ । सबै दौडिरहेका छन्, तर रोकिएर कारण सोध्दैनन् । कहिलेकाहीँ मेरो टिकटिक आवाज कसैलाई टोक्छ, टिक टिक टिक, मानौ चेतावनी दिँदैछु । समय बित्दैछ । तर उनीहरु त्यसलाई संगीत ठान्छन् र म पनि हाँस्दै सोच्दछु, ठिकै छ, अन्तिम धुन नबजेसम्म नाच्दै गर । मेरो पनि उमेर छ । मेरो ब्याट्री फेर्नेहरुले मलाई कहिलेकाहीँ रिटायर गर्छन् । नयाँ डिजिटल घडीहरु, स्मार्ट वाचहरु आउँछन्, म पुरानो बन्छु । तर उनीहरुले पनि मलाई नक्कल गर्छन् । उनीहरुमा पनि टिक टिक नदेखिए पनि समयको दासता उस्तै छ ।

म जब नयाँ थिएँ, सबैले माया गर्थे । कसैले फोटो खिच्थे, कसैले मलाई स्मार्टवाच भनेर गर्व गर्थे । तर एक वर्ष नबित्दै मेरो ब्याट्री सकियो अनि मलाई दराजमा फ्याँकिदिए । त्यो दिन मैले बुझें मानिसहरुका सम्बन्धहरु पनि अब ब्याट्रीमै निर्भर छन्, बिजुली सकियो कि माया पनि सकिन्छ । मलाई मानिसहरुले समय मापन गर्न प्रयोग गर्छन्, तर उनीहरुले आफ्नो जीवन कहिल्यै मापन गरेनन् । म बिहान ६ बजाउँछु, ऊ भन्छ अहँ, अझै ५ मिनेट सुत्छु । म १२ बजाउँछु, ऊ खाना खान्छ अनि म ३ बजाउँछु ऊ फेरि सुतेको नाटक गर्छ । म सोच्थेँ समयले मान्छे चलाउँछ कि मान्छेले समयलाई धोका दिन्छ ।

कहिलेकाहीँ मलाई रिस उठ्छ । मानिसहरु भन्छन्, ‘समय खराब छ’ । ए हजुर समय त म हुँ, म खराब होइन, खराब त तिम्रो व्यवहार हो । म त हरेक समय बराबर चलिरहेको छु, र तिमी त बिहानदेखि बेलुकासम्म झुट, लुकामारी र टालटुलमा ब्यस्त । मैले हरेक किसिमका हातहरु देखेको छु । कसैको हातमा म सुनको हुन्छु । कसैको हातमा नक्कली तर मेरो टिक टिक सबमा उस्तै । मानिसहरु चाहिँ नाम, पैसा र पदका घडी लगाएर गर्व गर्छन् । तर समयले त सबैको घडी समान चलाउँछ ।

मेरो साथी अलार्म घडी त झन् बेचारा । ऊ त हरेक बिहान पिप पिप गर्दै मानिसहरुलाई जगाउँछ, तर मानिसहरु रिसाएर उतिर हात हान्छन् । मान्छेले भने “घडीको आवाजले निन्द्रा बिगार्यो” म त हाँसेँ तिम्रो निन्द्रा बिगार्ने घडी होइन्, जिम्मेवारी हो । अब मेरो ब्याट्री सकिन लागेको छ । तर म हाँस्दै भन्छु, म रोकिन सक्छु तर समय कहिले रोकिन्न र त्यो सोच्दा म आफैँ हाँस्छु किनकि मानिसहरुले मलाई चलाउने ढोङ् गर्छन् । तर वास्तवमा म नै तिनीहरुलाई चलाइरहेको छु ।
म फेरि भन्छु म घडी हुँ । समयको सूचक ।

०००
कक्षा–११, काभ्रे इङ्गलिश माध्यमिक विद्यालय
पनौती–४, काभ्रेपलाञ्चोक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
निम्ताको जाल

निम्ताको जाल

ठाकुरप्रसाद अधिकारी
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
मानवता

मानवता

लक्ष्मी रिजाल
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x