साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

तेरो बाजे ! कसरी जानेको हँ ? तेरै बाजे होला नि बले बर्से नि खान्तिस् अहिले नि बाजेले ल्याई दिएको खा न फागु पुर्नेको रङ्गिन पानी...!

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

जिस्क्याई रहे नटोक्ने कुकुरले पनि झम्टन्छ। अचाक्ली घोचीरहे मरेको सर्पले पनि पुच्छर हल्लाउँछ। धेरै खाए चिनी पनि तितो हुन्छ। सोझालाई जिस्क्याईरहे बाङ्गिन थाल्छ । यो प्रसंग किन भने भन्सार भन्ने बित्तिकै भ्रष्टाचारको प्रमुख अखडा मध्य एक हो भन्ने कुरा सबैलाई अबगत छ। त्यसमा पनि नेपालको भन्सार भनेको साराको सारा भ्रष्टाचारीले सुँ सुँ गर्ने र कर्मचारी मन्त्रीहरूको दैनिकी असुली गर्ने मौजा हो। जहाँका हर कर्मचारी कि त मन्त्री सचिवका आफ्ना हुन् कि त भने ठूलै धनराशी लगानी गरि आएका अशली चाटुकार हुन्छन्।

चानेचुने वाद हुन्छ भन्सारमा। त्यसभन्दा अझै अघि त्रिंभुवन एयरपोर्टको साङ्ग्लो त झन् भयंकर नै हुन्छ। ०४८अघि ट्वाईलेट सुनखानी थियो। त्यसपछि सुन भारत पास गरिसकेपछि त्यहि सुन बराबर पित्तल पो हुन थालेको छ। जसकाे सेटिङ मन्त्रालय र बिचौलियाको लेनदेनमा हुन्छ। कतिको लगेज खोलेको छ।कतिको सामानै झिकिदिया छ। कसैसँग जबर्जस्ती लिएको छ। जति पटक एयरपोर्ट उत्रियो उत्ति पटक कहिले केहि कहिले केहि लिएकै छ दिनै परेको छ।अनि मानिस आजित हुँदैन त ? भैहाल्छ नि। ऊसले पनि केहि न केहि त अक्किल गर्नै पर्याे नि। अनि यात्रु आफैंले पनि केहि गरिहाल्छ।

यो त भयो जति गरे पनि नसकिने एयरपोर्टको ठगी प्रकरणका कुरा। यहि सेरोफेरोमा पश्चिमका एकजना हमाल थरका मानिस बर्ष डेढ बर्षमा अमेरिकाबाट आउँदा नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ओर्लने गर्दा रहेछन्। जति पटक आउनी जानी गर्याे तेतिपटक रक्सी चोरिने बानी लागेकोले दुईसाल अघि लगेजमा वेटको मात्रा घटाएकोले आफूलाई खान एक बोतल हान्डिलवाला ब्लु लेवल मात्र हालेको त्यो पनि अँखा छलि दावी गरेको गरेई गरेपछि भैगो भनेर वास्तै नगरी छोडि दिएछन्। तर मन भने अतिनै दुखेछ भित्रभित्र रिस पनि साह्रैनै उठेकोले एउटा तर्तिप आर्कोफेर आउँदा पक्कै पनि अपनाउने अठोट गरेर चित्त बुझाएछन्। तीनचार महिना पछिफर्किए।

त्यस्को झण्डै दुईबर्षपछि फर्किदा त फेरि उहि गयाजीको कावा झैं हाँ हाँ। उनको पालो तीन बोतल तीन जातको भिन्न रंगको क्वालिटीको लेबल सहितको देखेर हिरिक्क हुँदै एक एक गरेर उठाएर हेरेछन् । जुन राखेनि राखुन् भनेर नदेखे झैं गरेपछि एउटा रोजेर उठाई लगे। हमाल बाबु साहेब पनि प्रफुल्ल हुँदै भतिजाले गाडी ल्याएकोले तेहि गाडीमा बसेर आराम साथ बानेश्वरको घरमा गए।

भोलिपल्ट बेलुका ए ! भरत त्यो रक्सीको बोतल यताले त, दुईटै कि एउटा बुआ ! दुईटै ले न। भरतले दुवै बोतल काकालाई दिए। भरत जिज्ञासु भावले हेरिरहे। काकाले च्यात्न नसके पछि भन्नु भो कैंची भए नि नाईफ भएनि ले न । भरतले नाईफ ल्याएर दिए। काकाले काटेर च्यातेपछि बोतल झिकेर सिंकमा खन्याउनु भएको देखेर भरतले सोधे हैन बुआ ! केरीसेको ? केर्नु नि देखिनस् रंगिन पानी फालेको’हो र ? नपत्याए हेर्न। खोई त्यो अर्को नि ले भनेर दुवै बोतल खाली गरिसकेर बिछ्यौनामा गएर पल्टिएर एक्लै एक हलको मेलो हाँसे।

भरत जिल्ल परेर हेरिरह्यो सुनिरह्यो। एक छिनपछि सोध्यो ? के हो यो रहस्य बुबा हजुर ? के हुनु एयरपोर्टको पिचाश मन्साको पानी फालेको। किन नि बुआ ? तैले अतिनै खोजिनिति गरिस् सुन- म अमेरिकाबाट जतिपटक आयो तेति पटक एक बोतल ब्ल्याक लेबल होस् कि ब्लू लेबल होस्कि रेड लेबल होस् पिचाश मन्साउनै पर्ने भएकोले साँच्चिकै पिचाश मन्साउनै पर्याे भनेर यसपाली लेबल किनें रक्सी किनिन, बोटल किनिन पानी किनें र उस्तै रंगको पानी भरेर लेबल गरेर ल्याएको थियो । रमाईरमाई रोजेर लगे यसपाली त खाए होला नि रक्सीखाने पिचाशले पानी।

लोक्खा ! भन्दै भरत मरिमरि हाँस्याे  र भन्यो, बुआ हिजो राती दस बजेतिर पल्लोघरमा धुन्धान्को खलबल थियो। हजुर निदाईस्यो अनि म के रछ भनेर बिस्तारै बरण्डामा लुकेर सुनेको ”खाने भईयाे ब्लाक लेबल भनेर छानेर ल्याएको पानी पो रछ मारिहालेछ नि मुसाफिरले क्रिष्णे ! तेरो बाजे ! कसरी जानेको हँ ? तेरै बाजे होला नि बले बर्से नि खान्तिस् अहिले नि बाजेले ल्याई दिएको खा न फागु पुर्नेको रङ्गिन पानी भनेर भन्दै मरी मरी हाँसेका थिए। भन्दैथे ईखा !आफैंले रोजेको झन् पानी नै पर्नु पर्थ्यो त भन्या ? भनेर त्यो क्रिष्णे भन्ने कालेले आफैंलाई च्युँडो तलबाट दाहिने हातले उल्टो लोप्पा खाँदैथ्यो ’चौटा खान खोज्दा झोलमा डुबेर मरियो।” अरू मरि मरि हाँसेका थिए। कि हजुरको करामतको फल तिनैले चाखेका हुन् ?

चुप् चुप् ! भनेर मुखमा चोरऔंला राखे।अनि बिस्तारै भने ‘यो कुरा चरो मुसोलाई पनि थाहा नहोस् बुझिस्। फेरि आउँदा जाँदा दु:ख दिन्छन् यी विमानघाटका पिचाशले । तेसैले गुपचुपमा बस्नुपर्छ छोरा खबरदार ! चुईक्क कहिं नचुहियोस्।

यस्तै यस्तै त छ हाम्रो गाउँशहरका मान्छेको चाला। चोर पनि फेला पर्याे, यसैलाई भन्छन् चट्टु माथि छट्टु, छट्टुमाथि उपरचट्टु।” बल्ल मान्छेको फेला परे पिचाश।’
जय लोकवेद।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
खाने भनेको यस्तै हो हजुर

खाने भनेको यस्तै हो...

सुरेशकुमार भट्ट
निछट्टो सम्धी

निछट्टो सम्धी

सुरेशकुमार भट्ट
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

भोलानाथ सुबेदी
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x