साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिम्ट्याई सासू- लोभी जुवाईं

नकरा भो बरा मझेरीमा लड्या भा केर्थिस् ? जुठै हातले भा नि उठाउँथेँ नि । हगि राजा ? भो भो चेपारो नपार। हैन हैन राजा बिलाउनी माया गर्या ।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

“पहुल घिउ भए पो खानु घ्यू ज्वाईं बकेर्नु भैंसी पालेर’पाँङ्दुर पाक्यो, बकेर्नु थाक्यो” भन्छन्  भन्दै पुष माघको घिउको ठेकी ढल्काएर देखाइदिने एकदुई थुर्मी कोट्याको मात्रैखस्ने। सासू जोगाउन खोज्ने जुवाई लप्ट्याउन खोज्ने ओखर र पाङ्ग्रो जस्तो लाग्ने यो रातमाटेको जुवाईं कमेरेकी सासूको उपकथा।

सासू साह्रै चंख रैछन्। चट्टुमाथि छट्टु, छट्टुमाथि उपरचट्टु भनेझैं जुवाईं परेछन्। चमसुरी बुढीको जम्मा एउटी छोरी केरा बेते भईन् । दैवले लोग्ने पनि बेलैमा चुँडेर लगिहाल्यो। तेहि भएर घरजुवाईं बस्ने सोझो र ईमान्दार केटाको खोजी थेरै बर्षदेखि गरिन्। यता छोरी खलखली नुहाउन थाली तीन टाउका बराबरी भएकाले ऊ पनि यसो बेलाको कुरा त हो हेर्न थाली छ, केटीले नै यसो लहसिएर मस्किएर हेर्न र ढेसिन थालेपछि जस्तै सोझो भए नि पुरूष भा पछि तेस्तो कुरा त बुझि हाल्छ नि । झन् पुरानो जिम्मुवालको छोरा कान्छो फटिक’नामै फटिक कामै फटिक टाठो देखेर र त चम्सुरीको छोरी चंकी पनि चक्कर चलाउनतिर लागी होली नि ।

जोई पोइ राजी, के खोज्छौ काजी’ भनेझैं आमाले पनि जस्ले जीवन बिताउने हो उसैले छानेपछि फेरि चंकी सानी डोलीबाट आमाको खोकिला तान्ने बेलाकी पनि हैन नि त । महिना महिनै फूलफुलेकी पो त। त्यसैले चार बर्ष अघि विवाह गरेको एक महिना घर बसी नत्र दुवै मैसँग हुन् भन्ने चम्सुरीलाई पनि भैराखेकोले जुवाईं सासू जस्तो पनि नभएर आमाछोरा जस्तै थिए दुवै जना नातामा यी जुवाईं सासू भए नि।

सासूको आनीबानी जुवाईंलाई र जुवाईंको आनीबानी सबै सासूलाई पनि थाहा भएकोले हरेक साता सासूलाई ‘घिउ खाउँ न सासू घिउ खाम‘ भनिरहने। सासू चिम्ट्याई परिन् फारूतिनु गरेर संगाल्न र पुर्याउन पनि पर्याे । त्यसैले पनि सास अलि साह्रै थिइन्। घिउ हाँकेर दिन कन्जुस्याईंनै गर्थिन्। एक दिनको कुरा हो सासू बिहानको बेसी मेलामा र चंकी पनि तेतै मेलैमा गएकोले भात पकाउन जुवाई फटिकलाई पर्याे।

भातसात पकाए। दही मथ्ने मोहीपार्ने पालो रैछ मोही पनि पारे। नौनी झिके एकदिन बिराई मत्था पनि हत्केला भरीको साह्रो डल्लो नौनी आयो। घिउ तताउने ढंग नपुग्ने भएकोले नौनी ताईमा हालेर राखिदिए। आज त मैले नै दही मथेको सासूले घिउ एक कचौरै दिने पो हो कि ? मनमनै घिउकै बात मारेर बसिरह्यो फटिक। आ सधैं अड्कलेर पहिल्यै थुर्मीले कोट्याई राख्छिन्, म पनि आज थुर्मी तताएर ठेकीमा घुमाएर अलक्क राखी दिन्छु।’अनि एक खेप डोकोमा र काँधमा गरेर दुवै तामे गाग्रीमा पँधेराबाट पानी पनि ल्यायो। बंधुवा बस्तुहरूलाई घाँस पराल पनि दियो। साना लैनाहरूलाई फाँडो खुवायो। भित्र पसेर घिउको ठेकीमा थुर्मी तताएर एकछिन घुमायो अनि जस्तातस्तै गरि राखिदियो।तब यसो बाहिर खाटमा पल्टिएको ऊ त मसक्क निदाएछ।

चंखीले धकेलेर भरै सुत्दैनौ र अहिल्यै निद्रा पुर्याएको उठ, आज राजाको भान्सा भित्रबाहिरै बासआएको साह्रै मिठो होलानि ? भो न है धेरै नघोच बरू तँ गएर पस्की न। आज आमालाई पालो दे है बरू। ए !आमालाई भात खाने बेलामा घिउ दंग्याउन नपुगेर मलाई थर्काउन होला बाबै म त चुलैमा जान्न नि बरू बाठो ! कति कुरा मिलाउन जानेको बाई’ हैन क्या नकरा भो।

भो भो त्यहाँ द्वाल फसल नगर, भित्र आवो बरू भाग घिस्याउन। अहिले फेरि माखा बस्ला भनेर आमाले चुल्हाबाट भनेपछि दुवै भान्सामा गए। बाबु घिउ तताउनु भएन ?’ आ मत खान पो जान्या छु त नौनी कति बेर पकार घिउ हुन्छ भन्ने त जान्दिन नि हजुरलाई थाहै छ नि। ऊ आँटमा ठूलो ताईमा छ।’ ए तेसो भा आज घिउ नखानी ? खानी किन नखानी ? ठेकीको खाने नि। ’हवोस् भनेर सधैं झैं घोप्टो पारेर लौ भाँडैमा भए झर्ने हैन र भन्दै थिन्। लुतुतुतुत एकमुठी घिंउ झरेपछि बिळाउनी झर्न थालेकोले फटिके जुवाईंले भन्यो भो भो । खानु न के भो भो नि सासूले भनिन् र खन्याई दिइन्। बिचरा सासूलाई के थाहा ठेकीमा फटिक जुवाईंले कैफत गरेको र बिलाउनी झरेको उनी त हिजो अस्तिकै लेग ठानिन्। भागमा हेरिनन्। हैनहैन भो पुग्यो। लोग्नेको थालमा बिलाउनी देखेर चंखीले मरिमरि हाँस्दै भनी- खाऊखाऊ बेस्सरी खाऊ, बेस्सरी खाऊ । बिलाउनी भा नि खाऊ। तेहि भर पो मलाई चुल्हामा जा भन्या रैछन् बाठा मान्छेले।’

भो नकरा चंकी ठेकीफेदमा बिलाउनी छ भन्ने थाहा पाएको भए तातो थुर्मी किन ठेकीमा हाल्थें र बाबै। के गर्नु के भन्नु खै। लोभ गरेका त डण्डा मिलेगा” भनेको यहि होला। सासू किन दुख पाइस् मंगले आफ्नै ढंगले’ धेरै घिउखानी लुब्धो, बिलाउनीमा डुब्दो। ’ए !आमा सुन्नुभो जुवाईंको चाला ? नकरा तँ बाठी, बिचरा आफ्नो कामले आफैं सर्मित हुनु भा बेलामा, बाबु जो भो भो लाज नमान्नुस् । यस्तै हुन्छ यो काँचो उमेरमा । भैगो खान मन लागे सके खानुस्। नभए आज बेलुका यल्ले परेवाको बच्चा भिउसिन पूजा गर्नि भनेई छ, म खान्न हजुरलाई उल्लाई तेसैमा भुटौंला।’

बल्ल छातीमा तेर्सिया ढुंगो पन्छियो आमा अब फुर्मान भएं। तेखिस् त कान्छी !आमाको बुध्दि र सन्तानको माया अब पेटको बाहिर आएसी तँ पनि यस्तै ज्ञानी हुनु पर्छ है  भन्दै चुल्हाबाट तल झरेको खुट्टामा समातेर झण्डै लडाई दिइन्।आमाले कराउनु भो, नभा कुरा भन्या हो र ? मैले पो के भन्या छु र ? तिम्रो जुवाईं राजाको खुट्टा अल्झाईद्या मात्रै त हो। नकरा भो बरा मझेरीमा लड्या भा केर्थिस् ? जुठै हातले भा नि उठाउँथेँ नि । हगि राजा ? भो भो चेपारो नपार। हैन हैन राजा बिलाउनी माया गर्या । हेर्नुन आमा बेईजतै गर्नि भै। तेरो मुख टाल है टाल ऊ बाहिर को मान्छे आयो ?

यसरी आमाले चुप लगाऊनु भयो। यस्तै यस्तै त छ हाम्रा गाउँघरका रमाइला कथा कुथुङ्ग्री।
जय लोकवेद।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निछट्टो सम्धी

निछट्टो सम्धी

सुरेशकुमार भट्ट
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
फोन

फोन

लीलाराज दाहाल
पुस्तकको चमत्कार

पुस्तकको चमत्कार

ठाकुरप्रसाद अधिकारी
मलमूत्रको कुरो

मलमूत्रको कुरो

दिलीप अर्याल
0
Would love your thoughts, please comment.x
()
x