सुरेशकुमार भट्टए यज्ञ कैसे चलेगा ?
यो देश यसरी नै कहिलेसम्म कसरी चल्ला ? जनता जनार्दन ? आजसम्म नेपाल यसरीनै चलिरा त छ। हे पशुपतिनाथ! नेपाली जनता सधैं अनाथ। यो देश कतिन्जेल कसरी चल्ला ?

सुरेशकुमार भट्ट :
हामीहरू कहाँ यज्ञ यज्ञादी गर्ने कार्य नौलोहैन। हामी कहॉ बारम्बार यज्ञ भैराख्दछ। कैले चतुर्मास पुराण, कहिले नवाह महायज्ञ सदावर्त लघुसमेत, (भगवतीलाई प्रधान मानिएको) कैले सप्ताह महायज्ञ, सदावर्त लघुसहित, कहिले सत चण्डि, कैले सत रूद्री, कैले ग्रहण दान, कहिले तुलादान, कहिले ग्रहणमा लुट छोड्ने, कहिले सकल पित्रि मोक्ष घाट यज्ञ । यस्तै कतै हरिवंश (सन्तानको खॉतिर) कतै गजेन्द्रमोक्ष पित्रि मोक्षका लागि। कतै एकाहा।
यसरी यज्ञ हामी हाम्रो समुदाय र परिवारमा मात्र हैन सबैतिर गर्ने गर्थे अैले तेति देखिदैन। अैले बरू सामाजिक पुराण बढि हुन्छ जस्मा श्रीमद्भागवत महापुराण सप्ताह लगाईन्छ सामाजिक संघसंस्थाका स्थापना र विकासका लागि। प्राचीन कालदेखिनै शासक बलियो बनि राजा महाराजा कहलाउन राज्य शक्ति प्रवल बनाईराख्न आफू चक्रवर्ती सम्राट हुँ भन्ने भनाउन र निम्नस्तरका राजा रजौटालाई तहलाऊन अश्यवमेध यज्ञगर्ने गर्थे। रामले गरे युधिष्ठिरले पनि गरे अरूले पनि गरे।
तेस्तै एउटा महायज्ञको आयोजना गरेछन् एकजना चतुर शासकले आफ्ना कमि कमजोरी लुकाउन र वाहि वाहि पाउन अनि ऐतिहासिक बनि सबैलाई बशिभुत गर्न र शक्तिशाली महासामन्त राजा कहलाउनका लागि।
यज्ञको पुरा तयारी भै सक्यो यज्ञ संचालन गर्ने आचार्य आधादिन ढलिसक्यो आउलान् यज्ञ थाल्लान् भन्दाभन्दै आएनन् । सारा पंडितहरू आमन्त्रित यज्ञसँग सम्बन्धितहरू जम्मा भैसके ल्याउने दिने सामग्रीहरू राजालाई नजर गराएर यज्ञको लागि दिइसके।तब उपबाचकीले राजालाई सोधे —
‘महाराज! ए यज्ञ कैसी चलेगा ? ‘
जैसी चलेगा तैसी चलेगा।’
‘महाराज ! ए यज्ञ कौन चलायेगा ?
‘जौन चलाएगा चलाएगा।’
‘महाराज ! ए यज्ञ कवतक चलेगा ?
‘जब तक चलेगा, तब तक चलेगा।
‘महाराज ! ए यज्ञका अर्थ है क्या ?
‘क्या क्या हमको भि मालुम नहि है’
‘महाराज ! ए यज्ञका कर्ता कौन है ?
‘जो जौन है व हि मौन है। फिर भि हम कौन है ?
अहा ! महाराजको जय हो।
महाराज ए यज्ञ कित्ना दिन चलेका ?
‘जित्ना दिनतक चलेगा चलेगा।’
एकिसाथ बोलिए सभी भक्त जनों !
महाराज कि जय ! महाराज कि जय !
महाराज कि जय !
यसरी बिना यज्ञ महाराजको जय जयकार भएकोले एकजना बुढा पंडितलाई मन परेनछ भनी हालेछन्—
‘अर्थ न बर्थ गोविन्द गाई, विवाहनै नगरि नक्कली छोरो पाई’। ’स्याबास ! नक्कली सब कि हाई! हाई !।”
उप संहार-आज यसरी नै कामै नभए नि जय जय मनाएर साथ दिनेहरूको कुनै पनि दलमा कमि छैन तेसैले यो पंक्तिकार पनि भन्छ –
ए देश कैसे चलेगा ? कब तक चलेगा ?
कोहि बनाएगा ? नहिं नहिं नहिं।
यो दलको आदर्श बिहिन पदका सौखिन ममिन चुनावको यज्ञ हैनर ? व्यक्तिका लागि
पदका लागि पदका खाँतिर पदका माहिरहरूबाट गरिएको गठबन्धन।
यो देश यसरी नै कहिलेसम्म कसरी चल्ला ?
जनता जनार्दन ?
आजसम्म नेपाल यसरीनै चलिरा त छ।
हे पशुपतिनाथ! नेपाली जनता सधैं अनाथ।
यो देश कतिन्जेल कसरी चल्ला ?
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































