साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुट्टा उस्कै माथि छ

पछार्नमा पुड्केले पछार्यो तर तल परे नि खुट्टा पुड्के माथि रिफेलले चढाएकोले रिफेलले हारेन। ल कुश्ती बराबरी भो अब अर्को दिन फेरि लर्न पर्छ।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

पल्लो गाउँमा एकजना अधबैशे अति गफाडी र रमाईला मान्छे थिए कि उनी भएका ठाउँमा सबै रमाई रमाई हाँसी रहेका हुन्थे। कैले हँसीठट्टा कहिले कथा टुक्का टुकुना भनेर कहिले कसैको कमजोरीको खिस्सिटिउरीको टिप्पणी गरेर, एक न एकजनालाई उनले बिना पखेटा हजारौं माईल उड़ाई दिइहाल्थे। कसैलाई बोर भो दिक्क लाग्यो त डाँडाघरे राजदल जेठा बाका घर पुगिहाल्थे। तमाखु खानु गफ गर्नु तेहि गफ र धुंवामा मान्छे रिगउँनु उनको जीवनको एक अंगनै भएको थियो। जाफरानी, पहलमान छाप सुर्ति छाडेर धुवँतिर लागेका उनी धुंवादारै गफाउँथे, सुर्तिको पुरानो सर्काईले अझै पनि बेला बेला रातै होउन्जेल खोक्थे पनिं।

मुखबाट थुक उछिट्याएर र सास गन्हाएर नजिक बस्न भने कोहि पनि रूचाउँदैन थे। तैपनि वल्टोकोल्टो बसेर ऊनका कुरामा सहिथाप्ने र रमाऊने भने गर्थे। एक दिनको कुराहो पुड्के दसबर्ष रिफेल १२ बर्ष दुवैको नाम शारीरिक स्वरूप हेरेर ऊनैका बाबु आमालेनै राखि दिएका। होचो मोटो भएर पुड्के अनि पातलो अग्लो भएर रिफेल। देश कोट गाम बिगार्नि ठूला ठालु, नाम बिगार्ने बाउ आमा भन्ने उखान सार्थक थियो यी दुईमा।

राजदल जेठाले भने ए केटा हो ल तिमीहरू दुईमा को बलियो छ हेरौंभने। पुड्केले भन्यो यो भन्दा त मै वलियो छु,’ तँ भन्दा म बलियो छु,’
लौ आईज त लडौँ ? रिफेलले भन्न नपाउँदै पुड्केले गिरिरि र जँदै भन्यो हेर है जेठाबा भनेर छोपीहाल्यो र गम्लंगै पछार्यो। ल अब  दुवै उठेर सोधे। कस्ले पछार्यो ? अलि देखिन ल फेरि लर म राम्रोसंग हेर्छु।’

ल सुरू गिरिरि गयो पुड्के र पछारी हाल्यो। दुवै उठेर सोधे, कसले पछार्यो ?’ पछार्न त पुड्केले पछार्यो तर माथि चाहिं रिफेल थियो। ए !तेसो पाे ? ल फेरि आजे ‘ल आईजे भन्न पनि रिफेलले नपाउँदै लडाएर माथि चढ्यो। दुवै जुरूक्क उठेर धुलो टकटक्याउँदै एकै स्वरमा भने, कस्ले पछार्यो ? ‘ पछार्न त फेरि पनि पुड्केलेनै पछार्यो,’ सुनिस् । भनेर रिफेलतिर फर्क्यो पुड्के।

रिफेल अलि खिन्न देखेर फेरि भन्या बेलामा नलर्लान भनेर,राजदलले भने पुड्केले पछारे नि रिफेलको खुट्टा चाहिं पुड्के माथि थियो । तेसैले पछार्नमा पुड्केले पछार्यो तर तल परे नि खुट्टा पुड्के माथि रिफेलले चढाएकोले रिफेलले हारेन। ल कुश्ती बराबरी भो अब अर्को दिन फेरि लर्न पर्छ। हुन्छ भन्दै दुवै बालक गए।

अब यहॉ जितहार भन्दा नि कस्को अंग तल, माथि पर्यो भनेर हेरियो लडाएर रमिता हेर्ने पनि उहि निर्णय दिएर साथ नदिने पनि उहि किनकी यसैमा राजदललाई शौख छ, फेरि पनि लडाउने मन छ। ऊ टुंगिन दिने पक्षमा छैन। किनकी टुंग्गिए उसको रउस सकिन्छ।अर्को कुनै बिषय खोज्नु भन्दा यत्तिकै खेलाउनमा ऊस्लाई मजा आईराछ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
खाने भनेको यस्तै हो हजुर

खाने भनेको यस्तै हो...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x