साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खास् एउटा प्वाईन्टको कुरा त हो

नजराना, कमिसन, घुस भुस ढुस माफिया नेता जो जे भए नि। चाहियो अंक । तेहि भएर प्वाईन्ट हेरेर पढ्ने बानीनै हरायो।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

ए हजुर एउटा प्वाईन्टको कुरा भनुम न है ?
अमेरिकाको सडक हेर्दा र कुद्दाकुद्दै एक जना भिजिटरलाई लागेछ सडक अमिरिकी जमिनको कति प्रतिशत होला ? यसो मोवाईलमा गुगल हानेछ- फ्याट्ट नजर पर्याे १।७ ।ऑखा तिरमिराएछ भनीहाल्यो- अहो १७.५ होला । उँभोमा १६ लेनसम्म छ होला तलमा चार लेन जतासुकै । अनि त हो नजिक बस्नेले नि भने होला होला।

एउटाले भन्यो हत् थोरै हुन्छ यत्रो बढेमा अम्रिका महादेशको क्षेत्रफल बरू जिरो प्वाईन्ट सात होला अँ त्यो पनि हो अर्कोले भन्यो । प्रश्न राख्नेले भन्यो हो हजुर सानो एउटा प्वाईन्टकै कुरा त हो मैले पनि तपाईंले प्वाईन्ट भन्दा सम्झें र यसो अंक हेरेको त प्वाईन्टै नदेखेर सत्र भन्दिछु । हुन त प्वाईन्टकै कुरा हो एक प्वाईन्ट सातलाई सत्र पो भन्दिछु।

१।७ भन्न पर्ने तेही त हो। ऊ बेला हिसाब भन्दा पिसाब आउनी। तेहि भएर त भनियो नि सत्र । प्वाईन्टको कुरा नगरे भन्ने त सत्रै भो नि हजुर । हैन र ? भनुम न । एउटा प्वाईन्ट कै कुरा त हो । अंक उही हो ।

सबै गलल्लल हाँसेर भने हो हो। प्वाईन्टकै कुरा हो। जहाँ पुगेनि जसो गरे नि नेपाली नै त हो हजुर । नेपाली प्वाईन्टमा कहाँ चल्छन् र अंकमै चल्ने त हुन् । नजराना, कमिसन, घुस भुस ढुस माफिया नेता जो जे भए नि। चाहियो अंक । तेहि भएर प्वाईन्ट हेरेर पढ्ने बानीनै हरायो। सबै हललल हा हा हा।

कति मजा ? प्वाईन्ट सानो थोप्लो भएर केर्नु महत्व तेहि थाेप्लाेकाे हुन्छ कि कसो त नि भनेको कुरा सुनेर जाईनेरी बुढाले पटक पटक हँसाए भन्थे ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
खाने भनेको यस्तै हो हजुर

खाने भनेको यस्तै हो...

सुरेशकुमार भट्ट
निछट्टो सम्धी

निछट्टो सम्धी

सुरेशकुमार भट्ट
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x