कमला पन्थी अधिकारीदसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ
महङ्गी बढेकाे असाध्यै छ आज कता बढ्न खाेज्दै छ हाम्राे समाज ? छ जे जे त्यसैमा नमानेर लाज दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।
कमला पन्थी अधिकारी :
शरद् याे छ बेला फुले फूल धेरै
ठुलाे चाड आयाे चटाराे अघाेरै
जहानै सबै रम्न पाई अगाध
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ। १ ।
न जाडाे न गर्मी शरद्काे निशानी
म प्रार्थी सधैँ नै छु दुर्गा भवानी
बनाेस् शान्तदायी सुनाैलाे प्रभात
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ । २ ।
लगाउन् सबैले रमाएर टीका
अवस्था छ जस्ताे नमानेर दिक्क
भनी चाह मैले गरेँ आत्मबाट
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ। ३।
महङ्गी बढेकाे असाध्यै छ आज
कता बढ्न खाेज्दै छ हाम्राे समाज ?
छ जे जे त्यसैमा नमानेर लाज
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ । ४ ।
भवानी म गर्दै छु तिम्राे पुकार
विपत् यी नआऊन् यहाँ बारबार
छ संस्कार हाम्राे जुटी एकसाथ
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।५ ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest








































