Fitkauli LIVE
साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मूल हुन् दिव्य माता

सकभर बन ज्ञानी क्रोध सारा बढारी युग युग ममताको कार्य सच्चा सँभाली जलथल चर सारा खोज्दछन् मातृदाता अनुपम करुणाकी मूल हुन् दिव्य माता |

Nepal Telecom ad

उमा दाहाल :

जलथल चर एकै भेष छन् ती अपार
सुमधुर ममताको मातृ छानो छ लाख
हरपल सुख देख्छन् छन् जहाँ जन्मदाता
अनुपम करुणाकी मूल हुन् दिव्य माता ||१ ||

मनवचन कलाकी धैर्यशाली उनै हुन्
मधुरस ममताकी पूज्य धारा जलै हुन्
झलमल घर बन्छन् छन् जहाँ प्राणदाता
अनुपम करुणाकी मूल हुन् दिव्य माता ||२||

सुखमय ममताकी हुन् उनै धीर धाम
सकलजन सबैमा छन् सदा उच्च मान
अनुभव सब हेरौँ हुन् यिनै पाठशाला
अनुपम करुणाकी मूल हुन् दिव्य माता ||३||

युग युग तब सोच्ला मातृमाया हराए
समयपल नमिल्दा सोच सारा डराए
अनि भन कब मिल्ला मातृमाया प्रमाता
अनुपम करुणाकी मूल हुन् दिव्य माता ||४||

सकभर बन ज्ञानी क्रोध सारा बढारी
युग युग ममताको कार्य सच्चा सँभाली
जलथल चर सारा खोज्दछन् मातृदाता
अनुपम करुणाकी मूल हुन् दिव्य माता ||५||

०००
शान्तिनगर, झापा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ramesh Dahal
Ramesh Dahal
19 hours ago

wow

Nepal Telecom ad
अनुपम करुणाकी मूल हुन् दिव्य माता

अनुपम करुणाकी मूल हुन्...

देवीप्रसाद मिश्र
अनुपम करुणाकी दिव्य हुन् मूल माता

अनुपम करुणाकी दिव्य हुन्...

भगवतीप्रसाद शर्मा
अब आसिकले परिपूर्ण भयौँ 

अब आसिकले परिपूर्ण भयौँ 

रामशरण न्याैपाने
बुढाबुढी समस्तको

बुढाबुढी समस्तको

कविराज घिमिरे
1
0
Would love your thoughts, please comment.x
()
x