भगवतीप्रसाद शर्माअनुपम करुणाकी दिव्य हुन् मूल माता
शिशु दिल खुस हुन्छन् काखमा मातृकाको जिउँन सहज पार्ने मातृवात्सल्य पाको असहज जब होला सम्झना हुन्छ माता अनुपम करुणाकी दिव्य हुन् मूल माता।
भगवती शर्मा :
जति पनि ममतामा सृष्टि यो थामिएको
अमर छ धरती यो सृष्टिमा छानिएको
जब जब जननीका कोखमा छन् विधाता
अनुपम करुणाकी दिव्य हुन् मूल माता।
दुख जति मनमा छन् बाहिरी प्यार बाँड्छिन्
कुसुम कलि उमारी सभ्यता दीप बाल्छिन्
असल गुन लगाई बाँच्छ सम्बन्ध नाता
अनुपम करुणाकी दिव्य हुन् मूल माता।
अमर पुरुष जन्मे मातृका कोखबाट
अमर कृति बनेका भावना भित्रबाट
जल पनि जरुवाको स्वच्छ पाइन्छ खान
अनुपम करुणाकी दिव्य हुन् मूल माता।
करुण रस दिनेको वक्षमा दुग्धधारा
निशिदिन छ कृपा यो पाइने बाँच्न सार
सरल मन उज्याली बन्दछिन् यी सितारा
अनुपम करुणाकी दिव्य हुन् मूल माता।
शिशु दिल खुस हुन्छन् काखमा मातृकाको
जिउँन सहज पार्ने मातृवात्सल्य पाको
असहज जब होला सम्झना हुन्छ माता
अनुपम करुणाकी दिव्य हुन् मूल माता।
०००
खोटाङ
Subscribe
Login
0 Comments
Oldest










































