साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठगको सामर्थ्य

हुल एक बनाउनुपर्छ सुरो यति गर्नसके नहुने अधुरो गफ गर्नु ठुलो मनभित्र छुने जनतासँग बोल हुने नहुने ।

Nepal Telecom ad

भगवतीप्रसाद शर्मा :

ठगका पदमा शिर पार्दछ जो
गतिलो पनि हुन्छ त्यही बलियो
ठगको जसबाट अनादर भो
डिलमुन्तिर पर्छ सदैव अहो !१

ठगको मतियार हुँदा अहिले
घुस खान दिने सुन बोक्न हुने
पदमान हुने गौसरि त्यो दुहुने
ठग बन्नु निको जहिलेतहिले ।२

दलमा गठमा सब ठाउँ दिने
धनदौलथको सुविधा रहने
यति योग्य कला कसरी नसिकूँ
जसरी पनि यो ठगकर्म सिकूँ ।३

ठगले मुखले परिपञ्च रची
निमुखा जतिमा पछि पार्छ खसी
जसरी जिबिले सहकारी लुटे
धनले सरकार किनी उछिटे ।४

छ अचेल धनी नभई नहुने
“धनराज” हुँदै “रविराज” हुने
गृहका मतियार हुँदा बनियो
ठग नायक या अगुवा भइयो ।५

हुल एक बनाउनुपर्छ सुरो
यति गर्नसके नहुने अधुरो
गफ गर्नु ठुलो मनभित्र छुने
जनतासँग बोल हुने नहुने ।६

जब हुन्छ चुनाव यहाँ पहिले
नगदी असुली जहिल्यै लिइने
ठगका बलबाट चुनाव जिती
अगुवा गतिलो भरजन्म हुने ।७

०००
खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बन्न गाह्रो

बन्न गाह्रो

भगवतीप्रसाद शर्मा
बुढ्यौली

बुढ्यौली

भगवतीप्रसाद शर्मा
चाड नै विकृत

चाड नै विकृत

भगवतीप्रसाद शर्मा
तर खाने

तर खाने

भगवतीप्रसाद शर्मा
यिनै शब्दमा रमाएँ

यिनै शब्दमा रमाएँ

भगवतीप्रसाद शर्मा
शत्रु चिनौँ

शत्रु चिनौँ

भगवतीप्रसाद शर्मा
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x