साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिर्सिएको आयु

बितेकी बहिनीलाई भाइ टीकाको दिन सम्झेर आँखाबाट बलिन्द्र धारा आँसु चुहाउँदै श्रीधरले भने, “सरू ! यमराजको बाटो छेक्न यति बिधिपूर्वक दाजुको आयु माग्यौ तर आफ्नो आयु भने माग्न बिर्सिछ्यौ ।”

Nepal Telecom ad

श्री पोखरेल :

शारदाले सँघारमा ओखर राखेर क्रमश पानी र तेलले छेकिन् । चन्दन्, अक्षता, अबिर, फूलले पालैपालो पूजा गरिन् । हातमा लोहोरो लिएर ड्याम्म ओखर फोरिन् । ओखर छरपस्ट भएर छरियो ।

पछाडि फर्केर श्रीधरलाई हेरिन् उनी राडीमा बसेर मुस्कुराइरहेका थिए । उनलाई पनि पानी, तेलले वरिपरि घुमेर छेकिन् । कानमा तेल हालेर अम्लोले कचकच पारिन् । कपालमा तेल लगाएर कोरी दिइन् ।

“कति धेरै तेल लगाएकी ?” उनले झर्को माने जस्तो गरे । शारदाले हकारेको भावमा मायालु भएर भनिन्, “आज दिदी बहिनीसँग रिसाउने होइन । यमुनाले पनि यमराजको दीर्घायुको लागि यसैगरेको कथा थाहा छैन ?” यमराजले त बहिनीले भनेको मानेका थिए ।

दाजुलाई फूलले शिरदेखि क्रमश कुम, शरीर, घुँडा र गोडामा पनि पुजिन्। उनी च्यातिएको सयपत्री र अरू रङ्गीबिरङ्गी फूलले पुरिए ।
उनलाई निधारमा सप्तरङ्गी टिका लगाएर एक नाङ्लो खानेकुरा दिइन् ।
दाजुले पनि टिका लगाएर हातमा खाम र उपहार राखिदिएर गोडा ढोग्न के निहुरिएका थिए, भित्तामा टाङेको बहिनीको फोटो श्रीधरका गोडामा झर्ल्याम्म खस्यो ।

बितेकी बहिनीलाई भाइ टीकाको दिन सम्झेर आँखाबाट बलिन्द्र धारा आँसु चुहाउँदै श्रीधरले भने, “सरू ! यमराजको बाटो छेक्न यति बिधिपूर्वक दाजुको आयु माग्यौ तर आफ्नो आयु भने माग्न बिर्सिछ्यौ ।”

०००
मेरिल, कोलोराडो
अमेरिका

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Nabaraj Dhakal
Nabaraj Dhakal
1 year ago

कति मिठो कथा,
श्रीधर र शारदालाई धेरै धेरै मायाँ,
सबैमा तिहारको हार्दिक मंगलमय शुभकामना।

युगल बसेल
युगल बसेल
1 year ago

हास्यरस प्रधान पत्रिकामा करुणरस प्रधान सामग्री पढ्न पाइनु एक अवसर पनि हो।

Nepal Telecom ad
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
उपाय

उपाय

श्रीप्रसाद पाेखरेल
अवस्था

अवस्था

श्रीप्रसाद पाेखरेल
अनुत्तरित क्षण

अनुत्तरित क्षण

श्रीप्रसाद पाेखरेल
पुस्तक के गर्ने ?

पुस्तक के गर्ने ?

श्रीप्रसाद पाेखरेल
दीर्घायु

दीर्घायु

श्रीप्रसाद पाेखरेल
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
2
0
Would love your thoughts, please comment.x
()
x