साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उपाय

पल्लो फलैँचामा बसेर दुई बुढाका कुरा सुनिरहेका कृष्णकान्तले मुसुमुसु हाँस्तै भने “पञ्चायत कालदेखि शासन गर्ने बानी परेका धर्माकरलाई छोराबुहारीको अरनखटनमा बस्न गाह्रो छ  श्रीधर !”

Nepal Telecom ad
श्रीप्रसाद पोखरेल :
“भन न ! तिम्रो घरमा छोराबुहारीको व्यवहार कस्तो छ ?” धर्माकरले जेष्ठ चौतारीमा भेला भएका श्रीधरलाई सोधे ।
“हैट ! आफ्नै आङ कन्याएर छारो उडाउनु हुँदैन धर्माकर ! बरू घरका राम्रा कुरा सोध न !”
“मेरो त छोरै उस्तो छ । बुहारी त ठिकै हो” धर्माकरले कुराको चुरो खोले ।
“हेर धर्माकर ! सानातिना कुरामा चित्त दुखाउने होइन । म त बुहारीलाई सधैँ, आजको खाना पनि हिजो जस्तै मिठो छ भनिदिन्छु । नातिनातिनालाई घर जाँदा खानेकुरा लगिदिन्छु । कहिलेकाहीँ बजारमा मनपरेको तरकारी भेटे छोराले मन पराउँछ र ल्याएको भनिदिन्छु । आँप खान मन लागे बजारमा त निस्कन थालेछ भन्छु । मौसम अनुसारको फलफूल ल्याइहाल्छन् ।”
   “अनि श्रीधर ! तिम्रो पो पेन्सन छ र तरकारी किन्छौ । नातिनातिनालाई खानेकुरा लगिदिन्छौ । आफ्नो छैन ।”
   तिम्रो पनि त वृद्धभत्ता आउँछ नि हैन ? उनले वास्तविकताको झटारो हाने ।
“कुनै कुरा बोले ‘गोरु बुढो भए भिर खोज्छ, मानिस बुढो भए निहुँ खोज्छ’ भन्छन्” धर्माकरले निराशानै व्यक्त गरे ।
धेरै जेष्ठहरू यौवनावस्थाकै शासन घरमा गर्न खोज्छन् । युवाहरू पनि आयआर्जन गर्न थाले पछि आफ्नो शासन लाद्न शुरू गर्छन् । त्यसैले धेरैको घरमा असन्तुष्टि चुलिन्छ ।
“खानलगाउन दिएकै छन् । औषधीमुलो गरेकै छन् । खर्च गर्न सरकारले भत्ता दिएकै छ । श्रीधरले सुखी हुने उपाय बताए” अब तिमी खुशी भएर छोराको शासनमा बस नत्र दुःख पाइन्छ, बुझ्यौ ?
“खै के खै के” धर्माकरले ओठ लेर्प्याए ।
पल्लो फलैँचामा बसेर दुई बुढाका कुरा सुनिरहेका कृष्णकान्तले मुसुमुसु हाँस्तै भने “पञ्चायत कालदेखि शासन गर्ने बानी परेका धर्माकरलाई छोराबुहारीको अरनखटनमा बस्न गाह्रो छ  श्रीधर !”
०००
इटहरी, हाल अमेरिका
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
बिर्सिएको आयु

बिर्सिएको आयु

श्रीप्रसाद पाेखरेल
अवस्था

अवस्था

श्रीप्रसाद पाेखरेल
अनुत्तरित क्षण

अनुत्तरित क्षण

श्रीप्रसाद पाेखरेल
पुस्तक के गर्ने ?

पुस्तक के गर्ने ?

श्रीप्रसाद पाेखरेल
दीर्घायु

दीर्घायु

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x