साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दृष्टि

बुबाको हात समातेर उनले भने, "बुबा ! तपाईँले आफ्नो चस्मा बनाउनु भयो तर सम्बन्धको दृष्टि त मैले पो प्रष्टसँग देखेँ ।

Nepal Telecom ad

श्रीप्रसाद पोखरेल :

“बुहारी… यो चस्मा त झन् धमिलो हुन थाल्यो ।” हरिशरणले भान्साको ढोकाबाट चियाउँदै भने।

बुहारीले आदर पूर्वक भनिन्, “बुबा ! दिनुन त म बनाएर ल्याइदिन्छु।”

“दिनभरी खाँचो हुन्छ । म आफैँ जानपाए हुन्थ्यो ।”

बुहारीले एक हजार रुपैयाँ हातमा दिँदै भनिन्, “बुबा ! फजुल खर्च चैँ नगर्नु है ?”
हरिशरणले बजार गएर लड्डु किनेर ल्याए । चस्मा त बहाना मात्र थियो ।

साँझ अबेरसम्म छोरा र बुहारी घर फर्केनन्। उहाँ बैठकको पुरानो कुर्सीमा बसिरहनु भएको थियो।

जून छरिएको आकाश, एघार बजेको मौन रातमा घरक्क ढोका खुल्यो ।
रङ्गीन साँझको धङधङी सँगै छोरा र बुहारी भित्र पसे।

बुबालाई नसुतेको देखेर छक्कपर्दै सनत बोल्यो, “बुबा ! तपाईं सुत्नु भएको छैन ?”

हरिशरण केही मुस्काउँदै, केही डराउँदै बुहारीतिर हात बढाउँदै भने, “शुभ जन्मदिन, बुहारी ! चस्मा पनि बनाएँ , तिम्रो जन्मदिन सम्झेर लड्डु पनि लिएर आएँ ।”

बुहारीले आँ गरिन् । उनले लड्डु मुखमा हालिदिए । बुहारीका आँखामा तलाउ बन्यो ।

श्रीमतीको जन्मदिन होटलमा मनाएर आएका सनतलाई ग्लानि महसुस भयो ।

बुबाको हात समातेर उनले भने, “बुबा ! तपाईँले आफ्नो चस्मा बनाउनु भयो तर सम्बन्धको दृष्टि त मैले पो प्रष्टसँग देखेँ ।
समाप्त

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिर्सिएको आयु

बिर्सिएको आयु

श्रीप्रसाद पाेखरेल
उपाय

उपाय

श्रीप्रसाद पाेखरेल
अवस्था

अवस्था

श्रीप्रसाद पाेखरेल
अनुत्तरित क्षण

अनुत्तरित क्षण

श्रीप्रसाद पाेखरेल
पुस्तक के गर्ने ?

पुस्तक के गर्ने ?

श्रीप्रसाद पाेखरेल
दीर्घायु

दीर्घायु

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x