साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मातापिता प्रतिष्ठानको दोस्रो वार्षिकोत्सव सम्पन्न

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी व्यक्तित्व निलकण्ठ लम्सालले प्रतिष्ठानले लिएका लक्ष्य र कार्यक्रमहरू महत्त्वपूर्ण रहेकाले यसलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभयो ।

Nepal Telecom ad

स्याङ्जा । मातापिता प्रतिष्ठान स्याङ्जा वालिङले २०८३ साल वैशाख २६ गते शनिबारका दिन आफ्नो तेस्रो स्थापना दिवस तथा दोस्रो वार्षिकोत्सवका अवसरमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी व्यक्तित्व निलकण्ठ लम्सालले प्रतिष्ठानले लिएका लक्ष्य र कार्यक्रमहरू महत्त्वपूर्ण रहेकाले यसलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभयो । प्रतिष्ठानका अध्यक्ष श्यामप्रसाद ढुङ्गानाले प्रतिष्ठानले हालसम्म गरेका कार्यहरू र आगामी दिने गर्ने कार्यक्रमका बारेमा जानकारी गराउनु भएको उक्त कार्यक्रममा प्रतिष्ठानका सल्लाहकारहरू, कार्यसमितिका सदस्यहरू, आजीवन सदस्यहरू र शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।

प्रतिष्ठानको भवन एवम् पार्क निर्माणका लागि वालिङ ११ अमले निवासी चन्द्रकला ढुङ्गानाले वालिङ ११ मा रहेको ६ आना जग्गा प्रतिष्ठानका नाममा रजिष्ट्रेसन गरिदिनु भएको छ । प्रतिष्ठानको नाममा जग्गा दिनु भएकामा उहाँलाई धन्यवाद आभार प्रकट गर्ने निर्णय गरियो ।

साथै सोही जमिनमा ज्येष्ठ नागरिक पार्क एवम् भवन निर्माणका लागि सङ्घ, प्रदेश तथा स्थानीय पालिकामा प्रपोजल बनाई अनुदान माग गर्ने निर्णय गरियो ।

यसका साथै प्रतिष्ठानको आजीवन सदस्यता वितरण, ज्येष्ठनागरिक सम्मान एवम् प्रवचनात्मक कार्यक्रमलाई निरन्तरता दिँदै जाने निर्णयका साथ कार्यक्रम समापन गरियो । वालिङ -८, धाराको चहुरमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष प्रदीप बगाले रेग्मीले गर्नुभएको थियो ।

०००
श्यामप्रसाद ढुङ्गानाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कथुरी

कथुरी

आर.सी. रिजाल
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x