फित्काैली डटकमभेषजराज साहित्य प्रतिष्ठानको ९६ औँ शृङ्खला सम्पन्न
कार्यक्रमका प्रमुख अतिथि प्रगतिशील लेखक संघ स्याङ्जाका अध्यक्ष अनन्त अर्यालले कार्यक्रममा वाचन भएका रचनाहरूको समीक्षा गर्दै रचनाहरू विविध विषयका रहेका र समयसान्दर्भिक रहेको उल्लेख गर्नुभयो ।

स्याङ्जा । भेषजराज साहित्य प्रतिष्ठानले २०७५ साल जेठदेखि सञ्चालन गर्दै आएको नियमित मासिक रचनावाचनको ९६ औँ २०८३ साल वैशाख २६ गते शनिबारका दिन वालिङ नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रगतिशील लेखक संघ स्याङ्जाका अध्यक्ष अनन्त अर्यालले कार्यक्रममा वाचन भएका रचनाहरूको समीक्षा गर्दै रचनाहरू विविध विषयका रहेका र समयसान्दर्भिक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि कवि एवम् पूर्व जनप्रतिनिधि निलकण्ठ लम्सालले प्रतिष्ठानले सबै स्रष्टाहरूलाई साहित्य लेखनमा प्रोत्साहन दिएको जfनकारी गराउनुभयो ।
प्रतिष्ठानका सदस्य लेखनाथ काफ्लेले स्वागल मन्तव्यसहित हास्यव्यङ्ग्य निबन्ध सुनाएका थिए । कवि सनतकुमार गैह्रेले लक्ष्मीप्रसाद देवकोटा र लेखनाथ पौड्याललाई स्मरण गर्दै आफ्नो रचना वाचन गरे ।
यसैगरी स्रष्टाहरू लीलाम्बर ढुङ्गाना, दिलदीप तिवारी, बोधराज न्यौपाने, इन्द्रप्रसाद पाठक, विष्णु पंगेनी पाण्डे,
नारायण लम्साल, दीपक पोखरेल, ढालबहादुर केसी, पारीश्वर न्यौपाने, नारायणप्रसाद रेग्मी, लोककुमारी पौडेल, दमकुमारी बगाले, ठाकुरप्रसाद सुवेदी, निलकण्ठ लम्साल लगायत २० जनाले आआफ्ना रचनावाचन गरेका थिए ।
भेषजराज साहित्य प्रतिष्ठान अक्षयकाेषमा रू. ५ हजार प्रदान गर्ने लीलाम्बर ढुङ्गानालाइ सम्मान पत्र पनि प्रदान गरिएकाे थियाे ।
प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव श्यामप्रसाद ढुङ्गानाले गरेका थिए भने धन्यवाद ज्ञापन सहसचिव कमल बगालेले गरेका थिए ।
कार्यक्रममा ९ देखि ८६ वर्षसम्मका स्रष्टाहरूको रचनाले वालिङ नगरपालिकाको सभाहल गुञ्जायमान भएको थियो ।
०००
श्यामप्रसाद ढुङ्गानाकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest








































