साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाहालको महाकाव्य ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा’को लोकार्पित

प्राडा महादेव अवस्थी प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रमको सभापतित्व समाजका संरक्षक सल्लाहकार हरिभक्त सिग्देल 'महेस'ले गर्नुभएको थियो।

Nepal Telecom ad

काठमाडौं । मुक्तिनाथ दर्शन साहित्य समाजले एक भव्य कार्यक्रम आयोजना गरी चर्चित कवि कलानिधि दाहालको महाकाव्य ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा’को लोकार्पण गरायो।

महाकवि देवकोटामाथि विद्यावारिधि गर्नुहुने प्रतिष्ठित विद्वान् प्राडा महादेव अवस्थी प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रमको सभापतित्व समाजका संरक्षक सल्लाहकार हरिभक्त सिग्देल ‘महेस’ले गर्नुभएको थियो।

सो अवसरमा प्राडा. अवस्थीले महाकवि देवकोटाका बारेका भ्रमहरूको खण्डन गर्दै उहाँ गरिब होइन धनी र अत्यन्तै महत्त्वाकांक्षी हुनुहुन्थ्यो भन्ने राय प्रकट गर्नुभयो। देवकोटाका जीवनका विभिन्न सन्दर्भमाथि आएका उहाँको विचार निक्कै महत्वपर्ण थिए ।

पुस्तकको समीक्षा प्राडा रामप्रसाद ज्ञवाली र प्राडा देवी नेपालजस्ता सिद्धहस्त कवि तथा समालोचकबाट अत्यन्तै रोचक ढङ्गबाट भएको थियो भने साहित्यकारहरू प्राडा अर्जुनदेव भट्ट, युवराज मैनाली, पुरुषोत्तम दाहाल, गोपीनाथ मैनाली र हरि गौतमबाट शुभकामना मन्तव्य राखिएको थियो।

कार्यक्रममा विष्णुप्रसाद पन्तबाट धन्यवाद ज्ञापन गरिएको थियो भने कवि सविता बराल, कल्पना काफ्ले र सुशीला धमलाबाट महाकाव्यका श्लोक वाचन भएको थियो।

लोकार्पित महाकाव्यका सर्जक कलानिधि दाहालले अहिले नेपाली साहित्यको अवस्था अत्यन्तै नाजुक रहेको आफ्नो दृष्टिकोण अनौपचारिक एबं रोचक पारामा राख्नुभएको थियो।

कार्यक्रम चर्चित युवाकवि भैरवी भूगाेलबाट कुशलतापूर्वक सञ्चालन भएको थियो ।

०००
कृष्ण बाउसेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x