साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

सकअसक थलामा ख्याल राखेर राम्रो । हितकर निज, बन्छन् नित्य आधार हाम्रो।। हरबखत दयाका बातले चित्त छुन्छ । घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ ॥५।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

जनक र जननीका सभ्य उद्यान भित्र ।।
विधिवश अझ छाेरी जन्मने छन् पवित्र ।
सकल अब अँध्यारो दूर भागेर जान्छ।
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ ॥१।।

मनुज किन नजानी भिन्न ऐश्वर्य खाेज्दै ।
हरिहर छ, पुकार्दाे पुत्रकाे मन्त्र जप्दै ।।
विमति कति जनाऊँ लाेकले नत्र मान्छ ?।।
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ ॥२।।

विकसित छ समस्या नित्य हेर्दा पलामा ।
कतिपय अझ छाेरी हेपिँदा छन् थलामा ।।
कदर अब नगर्दा चित्त भड्केर रुन्छ ।
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ ॥३।।

जुन घरबिच छाेरी आउँछिन् जन्मिएर ।
परिधि सब उज्यालो पार्दछिन् हुर्किएर ।।
मधुमय रस घाेली ,शब्दमा प्रेम बग्छ ।
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ ॥४।।

सकअसक थलामा ख्याल राखेर राम्रो ।
हितकर निज, बन्छन् नित्य आधार हाम्रो।।
हरबखत दयाका बातले चित्त छुन्छ ।
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ ॥५।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
बुबाआमाका अनुभव सिकौँ

बुबाआमाका अनुभव सिकौँ

चेवनचन्द्र बस्नेत
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दुष्यन्त भट्टराई
0
Would love your thoughts, please comment.x
()
x