साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राखून् सद्भाव पाका परिजनबिचमा

बाँड्ने सत्प्रेरणाले अनुभव सँगका विश्व घुम्दा प्रसिद्ध । भेटिन्नन् खास त्यस्ता कुमुदित मनका छन् जहाँ वृद्धवृद्धा ।। सेवामा कत्ति हामी अनुचर नचुकाैँ हर्षले मुस्कुराऊन् । राखून् सद्भाव पाका परिजनबिचमा ज्ञानले दीप्त पारून् ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र

शिक्षाले पूर्ण ठान्छाैँ अनुचर अहिले ज्ञान बाेक्राे छ साथ ।
खासै भेटिन्न राम्रो अनुभव नहुँदा तालिकामा प्रभात ।।
आशा छन् लक्ष्य चुम्ने धरमर नबनूँ, चेतनाले उचालून् ।
राखून् सद्भाव पाका परिजनबिचमा ज्ञानले दीप्त पारून् ।। १।।

साथैमा स्वार्थ भाँडो प्रतिपल रहँदा भर्न चाँडो छ आस ।
तम्सिन्छाैँ भावनामा कतिपय बहँदै अन्त्यमा छाैँ निराश ।।
फाल्दै टाढा समस्या सफल प्रगतिकाे सभ्य बाटो खुलाऊन् ।
राखून् सद्भाव पाका परिजनबिचमा ज्ञानले दीप्त पारून् ।।२।।

सर्वात्मा, प्राज्ञ खाेज्दा,जनहित अगुवा साथ हाम्रा थलामा ।
पाका छन् सर्वदाता गुरुजन दरिला,दक्ष सङ्ला कलामा ।।
बाटो भुल्दा युवाले विचलित नबनाैँ हात तान्दै हिँडाऊन् ।
राखून् सद्भाव पाका परिजनबिचमा ज्ञानले दीप्त पारून् ।। ३।।

पायाैँ याे जन्म आयाैँ अगणित अघिका कर्मले मृत्तिकामा ।
धेरै छन् कार्य हाम्रा जनहित क्रमले गर्नुपर्ने थलामा ।।
कच्चा नै छाैँ सदाका अनुज मगजमा चेतना चम्चमाऊन् ।
राखून् सद्भाव पाका परिजनबिचमा ज्ञानले दीप्त पारून् ।। ४।।

बाँड्ने सत्प्रेरणाले अनुभव सँगका विश्व घुम्दा प्रसिद्ध ।
भेटिन्नन् खास त्यस्ता कुमुदित मनका छन् जहाँ वृद्धवृद्धा ।।
सेवामा कत्ति हामी अनुचर नचुकाैँ हर्षले मुस्कुराऊन् ।
राखून् सद्भाव पाका परिजनबिचमा ज्ञानले दीप्त पारून् ।। ५।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
साथी बनोस् समाज

साथी बनोस् समाज

अनन्तकुमार बस्नेत
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x