साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी

अन्याय न्याय हेर्ने चौडा बनाई छाती ठान्छन् समाजघाती जो हुन्छ पक्षपाती । सम्मान गर्न जानौं कर्तव्यमा नहारी हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

सङ्कल्प सत्य जप्तै सन्तानका निमित्त
सम्भाव्य खोज गर्छन लाएर दत्तचित्त ।
जीवन्त साधनामा, बन्छन् परोपकारी
हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी ।।१।।

बन्दै दलान आफैं थाम्दै अमाल सारा
चम्काउँदै उज्याला सत्कर्मका सितारा ।
गोडेर राख्न सक्ने उद्यान फूलबारी
हुन् वृद्ध श्रेष्ठ हाम्रा, आदर्शका छहारी ॥२॥

कर्तव्यबोध गर्दै बाँड्छन् विचार शुद्ध
अज्ञानता बढार्छन् छन् ज्ञानका प्रबुद्ध ।
आलोक सभ्यता वा, संस्कारका पुजारी
हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी ॥३॥

छन् सोच अग्रगामी सङ्कीर्ण छैन बानी
बर्सिन्छ प्रस्ट वाणी दृष्टान्तमा इमानी ।
प्रत्यक्ष ईशजस्तै आह्लाद ज्ञान धारी
हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी ।।४।।

अन्याय न्याय हेर्ने चौडा बनाई छाती
ठान्छन् समाजघाती जो हुन्छ पक्षपाती ।
सम्मान गर्न जानौं कर्तव्यमा नहारी
हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी ।।५।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Mukti Prasad Timsina (मुक्ति अस्तित्व)
Mukti Prasad Timsina (मुक्ति अस्तित्व)
1 month ago

गज्जब राम्रो रचना 💐

Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
बुढाबुढी समस्तको

बुढाबुढी समस्तको

कविराज घिमिरे
नारी एकल छन् भने सकसमा …

नारी एकल छन् भने...

इन्दिरा प्रयास
अब आसिकले परिपूर्ण भयौँ

अब आसिकले परिपूर्ण भयौँ

दीनानाथ पाेखरेल
नारी एकल छन् भने

नारी एकल छन् भने

झाँक्रीखाेले
1
0
Would love your thoughts, please comment.x
()
x