साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धका सकसको गर ख्याल

छन् प्रबुद्ध पथमा जनवृद्ध । देवतुल्य दिलका अझ शुद्ध ।। हुन्न साथ जसमा छल जाल। वृद्धका सकसको गर ख्याल ॥

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

बाल याैवनपलासित खेली ।
दुःख या सुखहरू सब झेली ।।
हुन्छ वृद्ध विधिले प्रतिसाल ।
वृद्धका सकसको गर ख्याल ॥१।।

वृद्ध बन्छ सँगकाे वय भाग्छ।
तर्कना हृदयमा अति जाग्छ ।।
बड्छ तथ्य नबुझे अबगाल ।
वृद्धका सकसको गर ख्याल ॥२।।

सिद्धियाे ,बलबुता जतिखेर ।
सम्झना छ वयकाे अज धेर ।।
नित्य ध्यान नदिए छ बिहाल ।
वृद्धका सकसको गर ख्याल ॥३।।

भार मान्छ जसले जनवृद्ध ।
बन्छ मानव कता र, प्रसिद्ध ?
पर्छ आदर गुमेपछि गाल ।
वृद्धका सकसको गर ख्याल ॥४।।

आजकाे युवक याे तर भाेलि।
बन्छ वृद्ध क्रमले श्रम घाेली।।
हड्छ आदर गरे अबगाल ।
वृद्धका सकसको गर ख्याल ॥५ ।।

छन् प्रबुद्ध पथमा जनवृद्ध ।
देवतुल्य दिलका अझ शुद्ध ।।
हुन्न साथ जसमा छल जाल।
वृद्धका सकसको गर ख्याल ॥६।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x