देवीप्रसाद मिश्रअनुपम करुणाकी मूल हुन् दिव्य माता
अनुचरित पलाका पूर्व संस्कार कर्म प्रतिपल अति थाम्दै सत्य आमाेद धर्म परमपथ सपार्ने प्रेरणाकी प्रगाता । अनुपम करुणाकी मूल हुन् दिव्य माता ।।
देवीप्रसाद मिश्र :
कुसुमित दिल पारी दुुःख सारा हटाई
सहजसित हँसाई नित्य सन्तानलाई ।
प्रगतितिर उचाल्ने सत्य बन्दै विधाता
अनुपम करुणाकी मूल हुन् दिव्य माता।।१।।
मधुर,वचन छर्दै नित्य हाम्रा निमित्त
दलिनसरह बन्दै, भार थाम्ने प्रवृत्त ।
वरपर जति खाेजाैँ ,छैन काेही प्रदाता
अनुपम करुणाकी मूल हुन् दिव्य माता।।२।।
तिमिरपल हटाई नित्य बन्दै दियालो
कहर पर भगाई धाम पार्ने उज्यालो
परिजनसित हाँस्ने भाग्यदाता,सुजाता
अनुपम करुणाकी मूल हुन् दिव्य माता।।३।।
असहजपल झुल्दा सामनामा नहारी
अटलसित सँभाल्ने साथकाे फूलबारी
परिधिबिच सजेकी सृष्टिदाता विधाता
अनुपम करुणाकी मूल हुन् दिव्य माता ।।४।।
अनुचरित पलाका पूर्व संस्कार कर्म
प्रतिपल अति थाम्दै सत्य आमाेद धर्म
परमपथ सपार्ने प्रेरणाकी प्रगाता ।
अनुपम करुणाकी मूल हुन् दिव्य माता ।।५।।
०००
Subscribe
Login
0 Comments
Oldest









































