अमर सन्ततिचार ठोक्तक
आडभरोसाको आस गर्ने म पनि उस्तै आफ्नो विवेक नास गर्ने म पनि उस्तै विष रोपेर अमृत कहाँ फलेको छ र ! घातीलाई विश्वास गर्ने म पनि उस्तै ।
अमर सन्तति :
१.
यता खाई नपुगेर उता सवारी भो
उता पनि चहारेर त्यता सवारी भो
कति राम्रो बानी सबैतिर भ्याउने ,
घुमिफिरी उहाँ हजुर यता सवारी भो ।
२.
गफले त आकासमा हलो जोत्छन्
हावामा पनि फूल पार्न पो खोज्छन्
खुट्टी देख्दै चाल नि पाइयो ए साथी ,
अझै तिनै खुट्टीले सगर थाम्ने सोच्छन् ।
३. आडभरोसाको आस गर्ने म पनि उस्तै
आफ्नो विवेक नास गर्ने म पनि उस्तै
विष रोपेर अमृत कहाँ फलेको छ र !
घातीलाई विश्वास गर्ने म पनि उस्तै ।
४.
सीधा भनिनेहरू पनि अचेल टेढा देख्छु
ठूला घरतिर सत्तारुपी फलको गेडा देख्छु
एउटा हामफाल्दा सबै हामफाल्छन् गाँठे,
हैट यहाँ त मान्छेभन्दा पनि धेरै भेडा देख्छु ।
०००
भक्तपुर ।
Subscribe
Login
0 Comments
Oldest








































